Powered by Blogger.
‘महिला एकै ठाँउमा सीमित’


काठमाडौं । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकमारी झाले नेतृत्व गर्ने महिलाको संख्या बढेपनि महिलालाई एउटै कुरामा सीमित राख्ने अवस्था रहेको बताउनु भएको छ ।
  
जागरण नेपालले आयोजना गरेको राज्य र प्रमुख राजनीतिक दलहरुका नीतिहरुमा लैङ्गिक समानताको अवस्था पुनरावलोकन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति झाले राजनीति नेतृत्वमा पुगेका महिलालाई एउटै काममा सिमित राख्ने गुनासो गर्नुभयो । एउटा समितिको जिम्मा ल्याएको पुरुषलाई अन्य जिम्मेवारी सुम्पेपनि महिलालाई भने एउटै गरे भैहाल्यो भन्ने सोचमा परिवर्तन आउन नसकेको उहाँको अनुभव छ । 

 कार्यक्रममा बोल्दै नेपाली कागे्रसका संसद कमला पन्तले देशको तीन प्रमुख नेतृत्वमा रहेका महिलालाई एकै ठाँउमा राखेर महिला सहभागीताका बारेमा छलफल चलाउन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै सांसद पन्तले भन्नुभयो ‘लैङ्गिक समानताको लागि तीन जना महिला कति पटक एक ठाँउमा बस्नु भयो त त्यो सोध्न जरुरी छ ।’ 

कार्यक्रममा एकिकृत नेकपा माओवादीका संसद तथा अनेमसंघ क्रान्तिकारीका पूर्व संयोजक धर्मशिला चापागाईले स्थानीय स्तरबाट नेतृत्व विकास गर्न आवश्यक रहेको बताउनु भयो । राजनीति दलका घेषणा पत्र सहभागीतका हिसावले राम्रा भए पनि कागजमा भएको कुरा व्यवहारमा लागु हुन नसकेको बताउँदै सांसद चन्दा चौधरीले अव व्यवहारमा परिवर्तन ल्याउन प्रयास गर्ने बताउनुभयो । 

गैर सरकारी संस्था महासंघका अध्यक्ष गोपाल लम्सालले सामाजिक संघसंस्थाको नेतृत्वमा महिला पुगे पनि राजनीतिक नेतृत्वमा पुग्न नसकेको बताउनु भयो । काठमाडौं स्कुल अफ ल का सहायक प्राध्यापक मिलन धरेलले राज्य र प्रमुख राजनीतिक दलका नीतिहरुमा लैङ्गिक समानताको अवस्था बारेमा कार्यपत्र प्रस्तुत गदै भन्नुभयो ‘आर्थीक रुपमा सम्पन्नता नहुँदा त्यसको प्रत्यक्ष असर राजनीति नेतृत्वमा पुगेको छ ।’ 

त्यस्तै जागरण नेपालका निवर्तमान अध्यक्ष शर्मीला कार्कीले राज्यका प्रत्येक निकायमा लैङ्गिक समानता कायम गर्नको लागि निरन्तर लडाई लडिरहने बताउनु भयो । निवर्तमान अध्यक्ष कार्कीले अहिलेको उपलब्धी पनि लामो समयको आन्दोलन पछि प्राप्त भएकाले आफ्नो हकको लागि निरन्तर लाग्न सबै महिलालाई आग्रह गर्नुभयो ।





0 comments

Write Down Your Responses