Powered by Blogger.
शैक्षिक स्तरवृद्धिका लागि टिष्टुङमा धार्मिक महोत्सब, प्रचार प्रसार समितिको संयोजकमा सम्पादक बिडारी


बज्रबाराही(टिष्टुङ), २६ मंसिर । उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित बज्रबाराही उच्च माबिले गर्न लागेको धार्मिक तथा शैक्षिक महोत्सबको प्रचारप्रसारका  लागि समिति गठन भएको छ । 

बज्रबाराहीमा शनिबार भएको एक भेलाले दामन पोस्ट साप्ताहिकका सम्पादक तथा दामन पोष्ट डटकम समाचार अनलाईनका सम्पादक  शन्तराम बिडारीको संयोजकत्वमा समिति गठन गरिएको हो । बिडारी सोही उच्च माविका पुर्व विद्याथी तथा विगत एक दशकदेखि पत्रकारितामा संलग्न छन् । 

यसैगरी समितिमा थाहा पोस्ट अनलाइनका प्रधान सम्पादक रामजी बलामी, बिकास खबरका प्रधान सम्पादक कुमार नेगी, सम्पादक सुरज भुजेल, रेडियो आवाजका प्रबन्ध निर्देशक राजेश श्रेष्ठ, समाचारदाता निराजन गोपाली, रेडियो आकाश गङ्गाका समाचार प्रमुख रुपक कालिराज, मुक्तिनाथ उप्रेती लगायत रहेका छन् । 

उपसमितिमा रहेकाहरु अधिकांश थाहा नगर पालिकाकै रहेको बताइन्छ । उपसमितिले केही दिन भित्रै सदस्यहरु थप गर्नुका साथै सहसंयोजक, उपसंयोजक र सचिव तोकेर कार्यविभाजन समेत गर्ने बताइएको छ ।

उपसमितिको फोकल कार्यालय बज्रबाराहीमा र स्टेरीङ अफिस काठमाडौंको बागबजारमा स्थापना गर्ने तयारी भइरहेको छ । प्रचार प्रसार कार्य थप व्यवस्थित पार्न सञ्चारकर्मीहरुको वृहत भेला र त्यसका आधारमा केही रणनीतिहरु अघि सार्ने तयारी भएको बुझिएको छ । 

महोत्सब आगामी पुस १५ गतेदेखि २२ गतेसम्म बज्रबाराहीमा संचालन हुदैछ । उक्त महोत्सवमा अन्तराष्ट्रिय कथा वाचक गोबिन्द शरण महाराजले प्रवचन दिनुहुनेछ । महोत्सव सफल पार्न केही महिना अघि नै महेश्वर सुवेदीको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएर आवश्यक कार्य अघि बढिसकेको छ । 

महोत्सवबाट करिव ५ करोड रुपिँया संकलन गर्ने र उक्त रकमले विद्यालयलाई अत्याधुनीक सुविधा सम्पन्न पार्नुका साथै क्याम्पस स्थापनाको लागि पहल गर्ने बताइएको छ । 



0 comments

Write Down Your Responses