Powered by Blogger.
युवालाई रोजगारको अवसर दिलाउन सरकार प्रतिवद्ध : उद्योगमन्त्री जोशी

मकवानपुर, २६ मंसिर / उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द उद्योगलाई सरकारले विभिन्न निकाय मार्फत् सञ्चालन गर्ने प्रक्रिया सुरु गरिसकेको बताउनुभएको छ । सरकारको स्वामित्वमा रहेका बन्द उद्योगलाई आधुनिककरण गर्न नसक्दा आर्थिक सङ्कट व्यर्होनु परेको उल्लेख गर्दै उहाले उद्योगलाई क्रमश आत्मनिर्भरतर्फ उन्मुख बनाई युवालाई रोजगारको अवसर दिलाउन सरकार प्रतिवद्ध रहेको बताउनुभउको हो ।
हेटौँडा सिमेन्ट उद्योगको ३१ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्रि जोशीले उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आह्वान समेत गर्नुभएको छ । उद्योग स्थापनाका लागि सरकारले सहुलियत दिने भन्दै उहाले मुलुकको आर्थिक समृवृद्धिका लागि निजी क्षेत्रका लगानीकर्तालाई आह्वान गर्नुभयो ।

0 comments

Write Down Your Responses