Powered by Blogger.
कुलेखानीमा माओवादी केन्द्रका उपाध्यक्षले पार्टी छाडे, एमालेको अभियानसंगै पार्टी प्रवेशको लहर


फाखेल । मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिका वडा नं २ मा नेकपा (एमाले)को संबिधान कार्यान्वयनका लागि  जन परिचालन अभियान अन्तरगतको अगुवा कार्यकर्ता भेला आइतबार भएको छ । 

नेकपा एमाले मकवानपुर क्षेत्र नं २ का उपाध्यक्ष एवम्  अभियान टोली संयोजक जीवन लामाको सभाध्यक्षता एवम सांसद सुभासचन्द्र ठकुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

पार्टी संगठनमा आबद्ध सदस्यहरुलाई पार्टीको चार महिने अभियानका बारेमा जानकारी गराउने उद्देश्यले सञ्चालित कार्यक्रममा अभियान टोली प्रमुख एवम नेकपा एमाले जिल्ला निर्वाचन कमिटी अध्यक्ष मदन दाहाल, उपप्रमुख एवम मकवानपुर जिल्ला २ नं का सह इन्चार्ज  हिदम लामा , पुर्ब जिल्ला कमिटि सदस्य एवम मार्खु अभियान प्रमुख  डिके पुडासैनी, नेकपा एमाले जिल्ला स्थानिय बिकास बिभाग सदस्य एवम् फाखेल अभियान प्रमुख राजुमान महर्जन लगायतको उपस्थिति रहेको थियो । 

साथै कार्यक्रममा कुलेखानी गाउँ कमिटीका अध्यक्ष कृष्णबहादुर भ्लोनले स्वागत मन्तव्य राखेका थिए भने नेकपा एमाले मकवानपुर जिल्ला २ नं क्षेत्रका सचिवालय सदस्य एवम सिस्नेरी अभियान टोलि संयोजक ऋषिराज पुडासैनीले कार्यक्रम सञ्चालन गरेका थिए । 

सो कार्यक्रममा माओवादी केन्द्र कुलेखानी गाउँ कमिटीका उपाध्यक्ष हरिकृष्ण पुडासैनी लगायत दर्जनौं माओवादी कार्यकर्ताले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन । 

पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाई कार्यक्रमका सभाध्यक्ष जीवन लामा र कार्यक्रमका प्रमुख अतिथी सुभासचन्द्र ठकुरीले अबिर माला लगाई पार्टी प्रबेश गराएका थिए ।

सोही कार्यक्रममा जनपरिचालन अभियान अन्तर्गत कुलेखानीमा  कार्यक्रम प्रभाबकारी सञ्चालनका लागि गठन गरिएको दुइटा टोलीका प्रमुखहरु कृष्ण बहादुर भ्लोन र प्रताप लामालाई नेपालको  झण्डा र पार्टीको झण्डा सहित जिम्मेवारी दिइएको छ ।



0 comments

Write Down Your Responses