Powered by Blogger.
वीरबहादुर लामा र अन्सारीले गरे नयाँ पार्टी घोषणा


काठमाडौं, पुस २ । पुर्व गृहराज्यमन्त्री मन्त्री मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा “नेपाल संघिय समाजवादी पार्टी“को घोषणा भएको छ । 

गत वर्षको माघ महिनादेखि संघिय नव विचार समुहको नामले राजनीतिक गतिविधि गरिरहेका अन्सारीले शनिबार बुद्धनगरको एक पार्टी प्यालेसामा “नेपाल संघिय समाजवादी पार्टी“को घोषणा गरेका छन् ।

उत्पीडित जनता र मुद्दाको राजनीति गर्ने युवा नेता अन्सारीले दोश्रो चुनाव ताका मिलेर एमालेबाट बिद्रोह गरि अशोक राईको नेतृत्वमा संघिय समाजवादी पार्टी,नेपालको गठन गरेका थिए । अशोक राईले पछिलो समय उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम,नेपालसंग एकीकरण गरेपछि पूर्ण समावेशी मुद्दा छोडेको र मुस्लिम,दलितको मुद्दालाई बाईपास गरेको आरोप लगाउदै अन्सारीले समाजवादी फोरम परित्याग गरेका थिए ।

अन्सारीले नेपाल एक बहुजातीय, बहुराष्ट्रिय, बहुभाषिक, बहुसास्कृतिक र बहुधार्मिक मुलुक भएको बताउदै राज्य र अहिले रहेका राजनीतिक दलहरुले मुस्लिम,आदिवासी–जनजाति, मधेशी, दलित, थारु, महिला,पिछडावर्ग, खस समुदाय लगायत सवै जातजाति, भाषाभाषी, धर्म संस्कृकिो सम्मान गर्नुको सट्टा उनीहरुहरुमाथि राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक अन्याय र उत्पीडन गर्दै आइरहेकोले एउटा नयाँ राजनीतिका शक्तिको आवश्यकता महसुस गरि राजनीतिक पार्टी खोल्नु परेको बताए । 

अन्सारीले गणतन्त्र , पूर्ण समावेशी सहभागिता,धर्म्निरपेक्षता, सामाजिक न्याय,नागरिक स्वतन्त्रता लगाएतको उपलब्धिलाई रक्षा गर्नको लागि समपुर्ण उत्पीडनमा परेका जाति,समुदायलाई अधिकार दिलाउँन सम्पूर्ण जनता युवा,बिद्यार्थी,मजदुरलाई मुक्ति दिलाउन सक्रिया भूमिका निर्वाह गर्न अपिल गरे ।

अधिकारको लडाइँमा मधेशवादी दलहरु बिचलित भएको आरोप लगाउदै उनले “नेपाल संघिय समाजवादी पार्टी“ मधेशको सबैभन्दा ठुलो शक्ति बन्ने दाबी गर्नु भयो । 

मधेशी,मुस्लिम,थारु,दलित,आदिवासी जनजाती,महिला,कर्णालीका जनता,उत्पीडित र पिछडिएको समुदायको अधिकार सुनिश्चित गर्न सबै जनसमुदायलाई एक ठाउमा गोलबद हुन आग्रह गरे ।

यसै घोषणा कार्यक्रम बिच अन्सारीले आफ्नै नेतृत्वमा ५४ सदस्यीय केन्द्रीय तदर्थ समितिको घोषणा गरेका छन् । पार्टीको वरिस्ठ नेतामा मकवानपुरका बीर बहादुर लामा, उपाध्यक्षमा पर्साका राजकुमार यादव, महासचिवमा सिन्धुपाल्चोकका नोर्शांग शेर्पा गरि ४ सदस्यीय पदाधिकारी घोषणा गरेको छ । 

केन्द्रीय सदस्यमा उपेन्द्र साह (महोतरी), डा. कमरुल होदा (पर्सा), बुद्धसीदि लामा (सिन्धुपाल्चोक), हरि घिमिरे (रौतहट), दिनेश पाख्रिन(काठमाडौं), हाजी सफायत (पर्सा), राजु भुजेल (झापा), अनवर अन्सारी (बारा), पूर्ण श्रेष्ठ (सिन्धुपाल्चोक), टोकल तामांग(काठमाडौं), सिमा खान (काठमाण्डौ), रजनी मल्लि (काठमाण्डौ), महावीर मल्ली(काठमाडौं), ताजमूल मन्सुर (सुनसरी), मेराज हलुवाई (बाँके), ड़ा कमाल सिद्दिकी (बर्दिया), इशु गिरि (दाङ), टेक बहादुर थापा (सर्लाही), लालबाबु राम (पर्सा), अलिबाबु खान(कपिलवस्तु), बेद निधि श्रेष्ठ (ओखलढुंगा), लक्ष्मण तामाङ (नुवाकोट), शुक्रराज तामाङ (तेह्रथुम), शेख वकिल (रौतहट ), अच्युत सिकदेल (बारा), खडक प्रसाद बन्जारा (पाँचथर) लगायतका रहेका छन् ।


0 comments

Write Down Your Responses