Powered by Blogger.
जिल्ला निर्वाचन कार्यालय मकवानपुरको भवन उद्घाटन र अन्तरक्रिया कार्यक्रम सम्पन्न

मकवानपुर, ६ पौष / माननीय प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवले आज जिल्ला निर्वाचन कार्यालय मकवानपुरको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरको कार्यालय भवनमा आज एक कार्यक्रम विच उद्घाटन गरिएको हो ।
हेटौडा ५ पुष्पलाल पार्क क्षेत्रमा ७ कठ्ठा १९ धुरको क्षेत्रफलमा निर्माण भएको ३ तत्ले कार्यालय भवनको उद्घाटन समारोहलाई सम्वोधन गर्दे माननीय प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवले नेपाल सरकारको प्राविधक सहयोगमा तयार भएको भवन लाई संरक्षण तर्फ लाग्नको लागि र यस निर्वाचन कार्यालयबाट हुने कार्यामा सहयोग गर्नको लागि पनि उहाँले आग्रह गर्नु भयो । उहाँले करोडौँ रुपैया निमार्ण भएको भवनहरुको नागरिक तथा प्रत्रकारको नेतृत्वमा अनुगमन समिति बनाउनु पर्नेमा जोड दिनु भयो । नव निर्मित भवनको अवलोकन गर्दै सम्पूर्ण कर्मचारीलाई निष्पक्ष,भयरहित वातावरणमा कार्य गर्नको लागि निर्देशन गर्नु भयो ।

सो कार्यक्रमका सभाध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडिले  नयाँ कार्यालयले निर्वाचनका सम्पूर्ण कार्य गर्न सहज भएको बताउनु भयो ।
उद्घाटन समारोह पश्चात माननीय प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवको प्रमुख आतिथ्यमा निर्वाचन सम्वन्धी विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
जिल्ला निर्वाचन कार्यालयको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रका सहभागीहरुले नेपालको संविधानमा रहेको निर्वाचन सम्बन्धी विषय, २०७४ माघभित्र गर्नुपर्ने विभिन्न तहको निर्वाचनको व्यवस्थापन र तयारी,मतदाता नामावली संकलन , मतदान केन्द्रको पुनरावलोकन, आचार संहिताको कार्यान्वयन लगायतका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा उठेका जिज्ञासालाई प्रमुख निर्वाचन आयुक्त डा.यादवले समधान गर्नु भएको थियो ।


0 comments

Write Down Your Responses