Powered by Blogger.
सुशासन सम्बन्धी दुई दिवासिय कार्यशाला गोष्ठि हेटौडामा शुरु


मकवानपुर,११ पौष ÷ सहास नेपाल मकवानपुरको आयोजनामा भएको सुशासन सम्बन्धी दुई दिवासिय कार्यशाला गोष्ठि हेटौडामा आजबाट शुरु भएको छ । स्ट्रोम फाउण्डेसन नेपालको सहयोगमा सञ्चालित गोष्ठिमा मकवानपुरका विभिन्न निकायका सरोकारवालाहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
संस्थालाई पारदर्शी र व्यवस्थापकिय ढंगले सञ्चालन गर्नका लागि सहयोग पु¥याउने र आगामी दिनमा गर्नु पर्ने कार्यायोजनालाई थप टेवा पुग्ने उद्देश्यले गोष्ठिको आयोजना गरिएको सहास नेपाल मकवानपुरका कार्यक्रम संयोजक कृष्ण अग्रवालले बताउनु भयो ।
दिगो तथा मर्याहित सामाजिक आर्थिक सशक्तिकरण कार्यक्रम अन्र्तगत रहेको उक्त गोष्ठिमा जुनसुकै संस्थालाई चुस्त र मर्या्दित बनाउनका लागि सुशासनको महत्व रहेकोले संस्थाहरुलाई जनतामूखि र पारदर्शी बनाउनका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको आयोजकको भनाइ  छ ।
२२ जना सहभागिता रहेको गोष्ठिमा सुशासन भनेको के हो < यसको समाजमा प्रभाव र भ्रष्ट्रचार विरुद्ध सञ्चारकर्मीहरुको भुमिका विषयमा प्रशिक्षण गराइने बताएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय आयोगको कार्यालय मकवानपुरका प्रवक्ता नरेन्द्र प्रसाद भट्टाईले देशमा राजनीतिक अस्थिरताका कारण सुशासन कायम गर्न नसकिएको र जसको फलस्वरुप विभिन्न अपराधिक गतिविधि मौलाइरहेको बताउदै  यस्ता कायएलाई निराकरण गर्नको लागि सञ्चारकर्मीको ठुलो हात हुने बताउनु भयो ।
२ दिन सम्म चल्ने गोष्टिमा योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसन न्यौपने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय मकवानपुरका प्रवक्त नरेन्द्र प्रसाद भट्टाई,सहास नेपाल मकवानपुरका कार्यक्रम संयोजक कृष्ण अग्रवाल, दिगो तथा मर्याहित सामाजिक आर्थिक सशक्तिकरण कार्यक्रमका परियोजना अधिकृत प्रत्ताव क्षेष्ठ लगायतले सहजीकरण गर्नु हुनेछ ।

0 comments

Write Down Your Responses