Powered by Blogger.
माओलाई सम्झँदै पालुङमा अगुवा कार्यकर्ता भेला


पालुङ, नेकपा माओवादी केन्द्रले सोमबार मकवानपुरको थाहा नगरपालिकामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

१ सय २३ औं माओ दिवसको अवसरमा भेलाको साथै वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रशिक्षणमा पार्टीको राजनीतिक तथा वैचारिक अवस्थाको बारेमा कार्यकर्तालाई जानकारी गराउनुका साथै सरकारको काम कारबाहीको बिषयमा पनि जानकारी गराइएको पार्टीका केन्द्रीय सदस्य कमानसिं पाख्रिन ‘पृथक’ले जानकारी दिए ।

केन्द्रीय भेला आयोजक समिति सदस्य अरुण रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय कार्यालय सदस्य विश्वभक्त दुवाल ‘आहुती’को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टीका पोलिट्ब्यूरो सदस्य कुमारी मोक्तान, जागृत रायमाझी, केन्द्रीय सदस्य एवम् २ नम्बर क्षेत्रीय संयोजक बलराम बल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव विनोद लामाले गरेका थिए । 

0 comments

Write Down Your Responses