Powered by Blogger.
‘उत्पीडन कम गर्न उत्पादनमा जोडिनुपर्छ’

हेटौंडा,१२ पौष  / नया“ शक्ति पार्टी नेपालकी केन्द्रीय सहसंयोजक दूर्गा सोबले देशको समृद्धि र आत्मनिर्भरताको लागि उत्पादन र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिएकी छन् । मंगलबार हेटौंडामा भएको महिलाको प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै केन्द्रीय सहसंयोजक सोबले हरेक घरको महिला कुनै न कुनै उत्पादनमा जोडिए उत्पीडन र हिंसामा समेत कमी आउने दाबी गरिन् ।
‘हरेक घरका कम्तीमा एक जना महिलाले पशुपालन, कृषि, घरेलु उत्पादनलगायतका काम गरी आर्थिक उत्पादन गर्न सके परनिर्भरता घट्छ,’ उनले भनिन् –‘पार्टीमा संगठित भएर भाषण गरेर मात्र अघि बढि“दैन, राजनीतिको साथमा आर्थिक रुपमा सबल हुने काम पनि गर्नुप¥यो ।’ महिलालाई सशक्त बनाउन पुरुषले समेत साथ दिनुपर्नेमा उनको जोड थियो । महिलाहरु घर र चुलोचौकोमा मात्र सीमित नभई राजनीतिको साथै आर्थिक आयआर्जनको काममा लाग्न आफ्नो पार्टीले महिलालाई प्रोत्साहित गरिरहेको सोबको भनाइ थियो । ‘काम गर्ने महिलाको लागि हाम्रो पार्टीले स्थान दिएको छ, पार्टीको केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिलालाई स्थान दिने नया“ शक्ति पार्टी मात्र हो ।’ अब हुने स्थानीय निकायको चुनावमा पनि महिलाले ४० प्रतिशत सिट पाउने दाबी गर्दै गाउ“गाउ“मा चुनाव लड्ने तयारी गर्न कार्यक्रममा सहभागी महिलालाई उनको आग्रह थियो ।
महिला शक्ति नेपाल मकवानपुरको आयोजनामा भएको ‘उत्पादन तथा आर्थिक योजना’ विषयक प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै पार्टीकी केन्द्रीय केन्द्रीय कार्यकारिणी समितिकी सदस्य लिली थापाले हरेक हिसाबले उत्पीडनमा परेका महिलाको हितमा नया“ शक्तिले  मात्र काम गर्ने दाबी गरिन् । ‘दलित, एकल महिला, उत्पीडित, पिछडिएका क्षेत्रलगायत सबै क्ष्ँेत्रको महिलाको अधिकारका लागि हामीले विशेष जोड गरेका छौ“,’ उनले भनिन्,–‘हामीले आफ्नो अधिकार स्थापित नगरेसम्म आआफ्नो क्षेत्रबाट लडिरहनुपर्छ ।’ केन्द्रीय परिषद् सदस्य लक्ष्मी शर्माले महिलाको कानूनी अधिकारबारे सचेतना गराएकी थिइन् । कार्यक्रममा नया“ शक्ति पार्टीकी केन्द्रीय सदस्य तथा मकवानपुर उत्प्रेरक सबिना अर्याल, जिल्ला सहसंयोजक विवेक वाइबा, महिला शक्ति नेपालकी केन्द्रीय सदस्य पुनम भट्टराई खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
५२ जना महिला पार्टी प्रवेश
स्वतन्त्र रहेका तथा विभिन्न पार्टी परित्याग गरी ५२ जना महिला नया“ शक्ति पार्टीमा प्रवेश गरेका छन् । मंगलबार भएको प्रशिक्षणात्मक कार्यक्रममा उनीहरुलाई पार्टीमा औपचारिक प्रवेश गराइएको हो ।
पार्टी प्रवेश गर्नेहरुमा मेनुका श्रेष्ठ, अभिता श्रेष्ठ, अन्जु पाठक, शान्ता कार्की, शर्मिला दोङ, भगवती मैनाली, डेली पाण्डे, सुन्दरी लामा, बिटु श्रेष्ठ, पुनम मोक्तान, तेजकुमारी थिङ, शर्मिला गुरुङलगायत रहेका छन् । पार्टीका केन्द्रीय सहसंयोजक दूर्गा सोब, कार्यकारिणी सदस्य लिली थापालगायतले नवआगन्तुकलाई अबीर लगाएर पार्टीमा स्वागत गरेका थिए ।



0 comments

Write Down Your Responses