Powered by Blogger.
थाहा दिवसको अवसरमा पालुङमा पत्रकार सम्मानित हुँदै


पालुङ, १२ पुस । थाहा आन्दोलनका अगुवा रुपचन्द्र विष्टको स्मृतिमा दोस्रो थाहा दिवसको अवसर पारी विविध कार्यक्रम हुने भएको छ । 

दिवंगत रुपचन्द्र विष्टको जन्मथलो मकवानपुरको थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील फरक सोचले विष्टको सम्झनामा हरेक वर्ष झैं कार्यक्रम आयोेजना गरेको संयोजक यादवजंग रायमाझीले जानकारी दिए । फरक सोचले गत वर्षबाट थाहा आन्दोलनका अभियान्ता रुपचन्द्र विष्टको जन्मदिनलाई थाहा दिवसका रुपमा औपचारिक कार्यक्रम गरी मनाउन थालेको हो । 

दिवसलाई स्थानीय हुँदै राष्ट्रिय पर्वकै रुपमा बनाउन अभियान संचालन गर्ने संयोजक रायमाझीले जानकारी दिए । 
थाहा दिवसको अवसरमा पुस १३ गते अन्तर मावि वक्तृत्वकला तथा निबन्धलेखन प्रतियोगिता, पुस २२ देखि २६ गतेसम्म थाहा नगरस्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा पुस २६ अर्थात रुपचन्द्र विष्टको जन्म दिनमा महिला ३ किलोमीटर र पुरुष ५ किलोमीटर दौड तथा समापन र सम्मान कार्यक्रम रहेको फरक सोचका रामकुमार कार्कीले जानकारी दिए । 

यसैबीच थाहा दिवसको अवसरमा तिर्थदास श्रेष्ठ स्मृति सम्मान कार्यक्रम पनि हुने भएको छ । तिर्थदास श्रेष्ठ मकवानपुरको थाहा नगरमा शिक्षा विकासमा शुरुवात् गर्ने व्यक्ति हुन् । 

उनको स्मृतिमा सामाजिक क्षेत्रमा योगदान पु¥याउने एकजना र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने एक व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम छ भने थाहा दिवसको अवसरमा थाहा सम्मानबाट एक जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम छ ।


0 comments

Write Down Your Responses