Powered by Blogger.
हेटौडा भित्रको सडक फराकिलो पारिदै

मकवानपुर,१३ पौष /  राजमार्गलाई २५ मिटर वनाउने अभियान स्वरुप आजबाट हेटौँडामा सडक फराकिलो पार्ने काम सुरु भएको छ । मानव बस्ती घोषणा माग गर्दै २५ मिटर सडक दायरा मिचेर बनाइएका घर भत्काउन नहुने भनिए पनि अन्ततः आज बुधबारबाट डिभिजन सडक कार्यालय हेटौंडाले आफ्नो पर्खाल भत्काउँदै अभियान थालनी गरेको हो । 
आजबाट शुरु भएको अभियानमा सडक डिभिजन कार्यालय हेटौँडाले जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय, हेवि इकुमेन्ट, हेटौँडा अस्पताल, जिल्ला हुलाक कार्यालय, नेपाल टेलिकम,  नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल ट्रस्ट, वन विज्ञान अध्ययन सस्थान, कृषि तथा वन विज्ञान विश्व विद्यालय, जिल्ला पशुसेवा कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर तथा औद्योगिक ब्यवस्थापन कार्यालयले अधिग्रहण गरेको जमिनको संरचना केहि दिनभित्रै हटाईने बताएको छ । 
सडक डिभिजन कार्यालय हेटौँडाले २५ मिटर क्षेत्रमा पर्ने सरकारी कार्यालयलाई १० दिन भित्र संरचना भत्काउन दिएको निर्देशन दिएको थियो  । सोहि निर्देशन स्वारुप आजबाट २५ मिटर फराकिलो पार्ने काम शुरुगरेको बताउदै यस अभियानलाई  कसैले रोक्न नसक्ने क्षेत्रीय प्रशासक बिनोद केसीले बताउनु भयो । यस अभियानमा अबरोध गर्न खोजे कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेतदिनु भएको छ ।

0 comments

Write Down Your Responses