Powered by Blogger.
२ दिने स्टीक एण्ड स्टोन तालिम सम्पन्न

जनक लामा 
मकवानपुर,१३ पौष ÷ प्लान ईन्टरनेश्नलको सहयोग तथा निष्पक्ष युवा समूहको आयोजनामा उत्तरी मकवानपुरको थाहा नगरपालिका बज्रबाराहीमा २ दिने स्टीक एण्ड स्टोन तालिम सम्पन्न भएको छ ।
सो तालिममा उत्तरी थाहाको बज्रबाराही र चित्लाङका ५ वटा बाल क्लवका २२ बालबालिकाहरुको सहभागिता रहेको थियो ।
२ दिन सम्म सञ्चालन भएको तालिमको सहजीकरण होस्टे हैँसे समूह हेटाँैडाका अध्यक्ष माधाव न्यौपने, सहजकर्ता राजेन्द्र बलले गर्नु भएको हो ।
वालवालिकाहरुले फुर्सदको समयमा घरैमा बसेर कम लागतमा आय आर्जन गर्न सकिने  र विद्यालय खर्च समेत पु¥याउनको लागि सहजता प्रदान गर्ने भएकोले यस तालिमको आयोजना गरिएको निष्पक्ष युवा समूहका अध्यक्ष निराजन गोपालीले बताउनु भयो ।
सहभागी प्रशिक्षार्थीहरुले २ दिन सम्म संचालन भएको तालिमको बारेमा आफ्नो भनाईहरु राख्दै कम लागतमा समयलाई सदुपयोग गर्दै विद्यालय खर्च समेत पु¥याउनको लागि सहयोग पुग्ने हुँदा तालिम निकै उपलब्धीपूर्ण रहेको तालिमले थप उत्साह दिएको बताएका थिए ।
त्यसैगरि १३ र १४ गते आग्रा र गोगनेका विद्यार्थीहरु बिचमा तालिम गरिने सहजकर्ता बलले जनाकारी दिए

0 comments

Write Down Your Responses