Powered by Blogger.
पालुङ जेसीजको पद हस्तान्तरण


जनक लामा 
मकवानपुर, १३ पौष / उत्तरी मकवानपुरमा रहेको पर्यटकीय स्थललाई पर्यटकिय सूचिमा राख्न सक्दो पहल गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री माननिय ईन्द्र बहादुर बाँनियाले बताउनु भएको छ ।

पालुङ जेसिजको १७ औ पद्स्थापना दिवस कार्यक्रमको उद्घाटन गर्दै उहाँले उत्तरी क्षेत्र पर्यटनको लागि महत्वपूर्ण क्षेत्र रहेको बताउदै यस क्षेत्रको विकास गर्न आफु प्रतिवद्ध रहेको बताउदै योजना बनाएर आउन समेत आग्रह गर्नु भयो ।

जेसिजले समाजलाई सकारात्मक बाटोमा हिड्नमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउदै अबका दिनमा पालुङ जेसिजले चुनौतीलाई अवसरमा परिवर्तन गरि अघि वढ्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रम पालुङ जेसिज वर्ष २०१६ का अध्यक्ष तथा निवर्तमान अध्यक्ष शिब कुमार खत्रीको सभाध्यक्ष तथा हेटौडा लेडि जेसिजका अध्यक्ष तथा नेपाल जेसिज वर्ष २०१७ का राष्ट्रिय उपाध्यक्ष शोभा खरेलको विशेष आतिथ्यतामा रहेको थियो ।

निवर्तमान अध्यक्ष खत्रीले आफ्नो कार्यकाललाई सफलता पूर्वक सञ्चालन गर्नमा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिदै वर्ष २०१७ का नयाँ  कार्यसमितिलार्ई  शुभकामना दिनु भयो ।

जेसिज सभाहलमा भएको कार्यक्रम जेसि मनोज लामिछनेले सञ्चालन गर्नु भएको थियो भने जेसि विक्रम केसीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष पुरुषोक्तम ढकाल सहति पूर्व अध्यक्षहरु, थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियार, नेपाली कांग्रेस थाहा नगर कमिटका सभापति योगेन्द्र मान श्रेष्ठ, नेकपा एमालेका ज्ञानेश्वर ढकाल, नेकपा माओवादी केन्द्र थाहा नगर कमिटिका अध्यक्ष अरुण रायमाझी, राप्रपाका थाहा नगर अध्यक्ष हरेराम कार्की, राष्ट्रिय जनमोर्चा नेपालका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट लागयतको आथित्यता रहेको थियो ।

निश्चित समय, एक व्यक्ति र एक पद तथा विधिको शासनलाई आदर्श ठान्ने जेसिजलाई आफ्नो कार्यकालमा वर्ष भरि नै विभिन्न युवा तथा विपन्न वर्गहरु लक्षितका कार्यक्रम गर्ने वर्ष २०१७ का बर्तमान निर्वाचित अध्यक्ष अञ्जल प्रधानले बताउनु भएको छ ।

उहाँले हाल सम्ममा पालुङ जेसिजले गर्न नसकेका अपुरा कार्यहरु पुरा गर्ने दावी समेत गर्नु भयो ।  नेतृत्व ,भ्रातृत्व तथा व्यक्तित्व विकासको अवधारणलाई मनन गर्दै पालुङमा रहेका युवाहरुलाई जेसिजमा लाग्नुको फाइदा यसको महत्व, यसले गर्ने कार्यबारे तालिम सञ्चालन गरि युवालाई अग्रसर बनाउने बताउदै आफ्नो कार्यकालमा पालुङ जेसिसलाई स्वर्णिम अक्षरमा लेख्ने दावी समेत उहाँको थियो ।


साथै कार्यक्रममा कार्यकारी अधिकृत परियार, पूर्व अध्यक्ष सुरेन्द्र मान प्रधान, खडक गोपाली, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, नेकपा माओवादी केन्द्रका अरुण रायमाझी, नेपाली काग्रेस क्षेत्र २ का सभापति यतिराज सापकोटा लगयतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

0 comments

Write Down Your Responses