Powered by Blogger.
हेटौँडामा सडक खाना महोत्सव एवम् सास्कृतिक कार्यक्रम शुरु ( फोटो फिचर सहित )

मकवानपुर,१५ पौष / हेटौडामा आजबाट सडक खाना महोत्सव एवम् सास्कृतिक कार्यक्रम शुरु भएको छ । मकवानपुर होटेल एसोसियसनको आयोजनामा हेटौडाको मुख्य बजार बुद्घचोक देखि सिमाचोक सम्म करिब ३ सय मिटर मुख्य सडक क्षेत्रमा विभिन्न परिकारका ४७ वटा स्टलहरु राखिएका छन ।
महोत्सवकोे हेटौडा उपमहानगरपालिका पूर्व मेयर तथा नगरपालिका महासंघका अध्यक्ष डोरमणि पौडेलले उद्घाटन गरिएको हो । महोत्सव २ दिन सम्म सञ्चालन हुने छ । हाम्रो सेवा पर्यटनलाई टेवा भन्ने उद्देश्य लिदै “सडकमा जाऊ,सडकमै खाँउ सडकमै रमाउँ” भन्ने नाराका साथ आयोजना गरिएकोे महोत्सवमा स्थानिय कलाकारले विशेष सांस्कृतिक प्रस्तुत समेत भइरहेको छ ।
विगत वर्ष भन्दा यस वर्ष महोत्सवमा केहि भिन्नता प्रस्तुत गर्ने लक्ष्य सहित  शाकाहारी र मांसाहारी गरी ४७ वटा स्टलहरु रहेका छन । मकवानपुर होटेल एसोसियसन मकावनपुरका अध्यक्ष तथा मुल कार्यक्रम संयोजक भागिरथ शर्माको सभाध्यक्षता भएको महोत्सवमा शाकाहारी र मांसाहारको लागि फरक फरक स्थानमा रहेको महासचिव शंकर लाल क्षेष्ठले बताउनु भयो । महोत्सव करिब २ लाखले अवलोकन गर्ने उद्धेश्य लिएको आयेजानले लिएको छ ।












0 comments

Write Down Your Responses