Powered by Blogger.
टिस्टुङ बज्रवाराहीमा शैक्षिक तथा धार्मिक महोत्सव उद्घाटन, पहिलो दिनबाटै सहयोगको ओइरो (कस कसले के दिए ?)


बज्रबाराही, १५ पुस  ।  उत्तरी मकवानपुरको थाहानगरस्थित बज्रवाराही उच्च माविमा शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको छ ।  एक समारोहका बीच मकवानपुर –२ का सांसद सुभासचन्द्र ठकुरीले महोत्सबको उद्घाटन गर्नुभयो । 

महोत्सवको पहिलो दिन स्थानीय इश्वर बिडारीले ५ रोपनी जग्गा दान गरेका छन् । २२ गतेसम्म चल्ने महोत्सबबाट ५ करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको मूल ब्यबस्थापन समितिका अध्यक्ष महेश्वर सुबेदीले जानकारी दिनुभयो ।
महोत्सवभर सहश्र शालिकग्राम पुजा अर्चना, विराट धनधान्ने महापर्व, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, योग शिविर क्रियाकलाप गरिने आयोजकले जनाएको छ । त्यसैगरी कलशयात्रा, तुलादान, चौरासी पुजा, व्रतवन्ध, ग्रहशान्ति, लाखबत्ती बाल्ने, संगीतमय भजन कीर्तन, विभिन्न धार्मिक सप्रदायका धर्म गुरुहरुको प्रवचन, धार्मिक पुजा सामाग्री, पुस्तक एवम् शैक्षिक प्रदर्शनी क्रियाकलाप महोत्सवमा समेटिने छ ।

महोत्सवमा गोविन्दशरण महाराजजी तथा मीरादेवीबाट कथा वाचन हुनेछ । 

बज्रबाराही उच्च माविलाई देशकै नमूना सामुदायिक विद्यालय बनाउने र उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

शैक्षिक तथा धार्मिक महोत्सवमा शुक्रवार विहान विशाल कलशयात्रा भएको छ । कलशयात्रापछिको उद्घाटन समारोहमा सासद ठकुरीले शिक्षाको विकासमा सबै अग्रसर रहनुपर्ने बताउनुभयो । 

धार्मिक तथा शैक्षिक महोत्सबको पहिलो दिन नै २२ लाख रुपैयाँ संकलन भएको छ ।  महोत्सब उद्घाटन गर्दै सभासद ठकुरीले निर्वाचन क्षेत्र बिकास कोषबाट १५ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यसै गरि महोत्सवको पहिलो दिन स्थानीय इश्वर बिडारीले ५ रोपनी जग्गा दान गरेका छन् ।  व्यवसायी तथा समाजसेवी थाहानगर १५ निबासी ईश्वर राज विडारीले ५ रोपनी भूमि दान गरेका छन् । 

त्यस्तै साना किसान सहकारीले   १ लाख रुपैया, साना किसान कृषि सहकारी कर्मचारी र सन्चालक परिवारबाट २५ हजार रुपैया, थाहा १३ निबासी रामेश्वर महर्जनले ११ हजार रुपैया, एकिकृत कृषक समूह थाहा १३ बाट १० हजार रुपैया, चित्लाङे पर्बते भजन समूहबाट १४ हजार, लालिगुरास सहकारीबाट १० हजार, मत्स्यनारायन बिद्यालयबाट ६ हजार, काठमाडौँ वडा १० का गङ्गाप्रसाद श्रेष्ठबाट ५ हजार एक सय रुपैया प्राप्त भएको जनाइएको छ ।

बज्रबाराही उच्च माविलाई देशकै नमूना सामुदायिक विद्यालय बनाउने र उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।





0 comments

Write Down Your Responses