Powered by Blogger.
रचना वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मकवानपुर, १४ पौष  गजल मञ्च मकवानपुर र झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा रचना वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 गजल मञ्च मकवानपुरका अध्यक्ष यश लामाको सभाध्यक्षता तथा साहित्यकार तुल्सी थापाको प्रमुख आथित्यता, चर्चित रेडियो कार्यक्रम प्रस्तोता (वुलवुल) का अच्यूत घिमिरेको विशिष्ट आथित्यता रहेको थियो । कार्यक्रममा जिल्लाका साहित्यकार तथा कवि,गीतकार,गजलकारको उत्साहजनक उपस्थिती रहेको थियो । 
आजको मुख्य आकर्षण केन्द्र विन्दुको रुपमा रहनु भएको रेडियो कार्यक्रम प्रस्तोता अच्यूत घिमिरेले गाउँ गाउँमा राम्रा श्रष्टा वसेको र  रचनालाई वाहिर ल्याउनको लागि माध्याम नरहेको बताउदै आफु देश दौडाहमा लागेको बताउनु भयो । 

उहाँले अबका दिनमा देशका कुना कुना गई लुकेका श्रष्टाहरुको खोजि गर्ने लक्ष्य समेत आफ्नो रहेको बताउनु भयो । मकवानपुरमा धेरै राम्रा राम्रा साहित्यकार रहेकोले आफ्नो कार्यक्रममा सहभागि भई रचना वाचन गर्नको लागि आग्रह गर्दै आफ्नो सोच पनि लुकेका प्रतिभालाई खोजि गर्ने रहेको बताउनु भयो । 

उहाँले साहित्यलाई रचना गर्न नआउने र वाचन गर्न आउने बताउदै गजलकार दिपक आचार्य जगतले लेख्नु भएको गजल वाचन गर्नु भएको थियो । 



0 comments

Write Down Your Responses