Powered by Blogger.
सांसद् गाउँमै पुगेपछि स्थानिय खुशी

हेटौंडा,१६ पौष / मकवानपुरका ठिंगन वडा नं. १, गमलटारका स्थानीयले राप्रपा नेता तथा सांसद् गणेश थापा गाउँमै पुगेपछि खुशी ब्यक्त गरेका छन् । मकवानपुरको ठिंगनमा थापा पुगेसँगै स्थानीयले गाविसको विकासले अब फड्को मार्ने आशा ब्यक्त गरे ।
 बिजुली, खानेपानी तथा सडक सुविधासम्म नपुगेको ठाउँमा आईपुग्दा आफू भावुक भएको भन्दै थापाले विकट गाविसको विकासमा आफूले पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
मकवानपुरमा शिक्षा, स्वस्थ्य, यातायात तथा सडक, पुल निर्माणले पहल गर्दै आएका थापाले नयाँ वर्ष २०१७ सँगै मकवानपुरको विकासले पालुवा फेर्ने बताए ।
राजनीति, भोटका लागि नभएर विकासका लागि गर्नुपर्ने मान्यतासाथ आफू अगाडि बढेको भन्दै यसलाई निरन्तरता दिने पनि उनले प्रतिवद्धता दोहो¥याए ।
 थापासँगै राप्रपा केन्द्रीय सदस्य नवराज बिष्ट पनि त्यहाँ पुगेका थिए ।
फाईल फोटो

0 comments

Write Down Your Responses