Powered by Blogger.
बाल कल्याण समाज मकवानपुरद्धारा पत्रकार महासंघ मकवानपुरलाई राउण्ड टेबल हस्तान्तरण

हेटौडा,१ पौष / बाल कल्याण समाज मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई राउण्ड टेबल हस्तान्तरण गरेको छ । आज हेटाँैडा ४ स्थित महासंघको कार्यालयमा एक कार्यक्रमकाबीच बाल कल्याणले राउण्ट टेबल महासंघलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रमुख प्रकाश खतिवडाले कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहालसँग हात मिलाएर राउण्ड टेबल हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै महासंघका पूर्व अध्यक्ष दाहालले महासंघको पूर्वाधार बहिलो हुँदै गएको भन्दै व्यवस्थित सभाहल निर्माणमा सहयोग पु¥याएकोमा बाल कल्याणलाई धन्यवाद दिनुभयो । करिब ४० जना अट्ने महासंघको सभाहलमा राखिएको राउण्ड टेबल प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाल कल्याण समाज मकवानपुरले खरिद गरी हस्तान्तरण गरेको महासंघका सचिव कृष्ण सारु मगरले जानकारी दिनुभयो । महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारीको सभाध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, प्रेस सेन्टर नेपाल मकवानपुरकी अध्यक्ष नानिमैया विष्ट, महासंघका सचिव कृष्ण सारु मगर,सदस्यतहरु गणेशदर्पण अधिकारी,सुजन बिँडारी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses