Powered by Blogger.
एमालेका अगुवा सिस्नेरीमा जुटे


सिस्नेरी । नेकपा (एमाले) को संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान मकवानपुर जिल्लामा व्यवस्थित र प्रभावकारी रूपमा संचालन गर्ने क्रममा मकवानपुर जिल्लाको प्रस्तावित इन्द्रसरोबर गाउँपालिका वडा नं ३ सिस्नेरीमा अगुवा कार्यकर्ता भेला कार्यक्रम बिहिबार सम्पन्न भएको छ । 

नेकपा एमाले मकवानपुर क्षेत्र नं २ सचिवालय सदस्य, सिस्नेरी अभियान टोली संयोजक ऋषिराज पुडासैनीको सभाध्यक्षता एवम नेकपा एमाले प्रदेश नं ३ प्रादेशिक सदस्य एवम् केन्द्रिय स्कुल बिभाग सदस्य रामेश्वर  रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

पार्टी सदस्यहरुलाई पार्टीको चारमहिने अभियानका बारेमा जानकारी गराउने उद्देश्यले सञ्चालित कार्यक्रममा अभियान टोली प्रमुख एवम नेकपा एमाले जिल्ला निर्वाचन कमिटी अध्यक्ष मदन दाहाल, पुर्ब जिल्ला कमिटी सदस्य एवम मार्खु अभियान प्रमुख  डिके पुडासैनी, नेकपा एमाले मकवानपुर २ नं.क्षेत्रीय कमिटीका उपाध्यक्ष एवम् कुलेखानी अभियान टोली प्रमुख जीवन लामा , नेकपा एमाले  मकवानपुर क्षेत्र नं २ का सदस्य चिरञ्जीवी पौडेल लगायतले अभियानका बारेमा बोलेका थिए । 

कार्यक्रममा सिस्नेरी गाउँ कमिटीका अध्यक्ष राजेश लामाले स्वागत मन्तव्य राखेका थिए भने राजन ठकुरीले कार्यक्रम सञ्चालन गरेका थिए ।  

पार्टी जिल्ला कमिटीको २०७३ कार्तिक २९ गते सम्पन्न छैटौं बैठकले निर्माण गरेको कार्यायोजना कार्यन्वयन गर्न राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधान कार्यान्वयन एमालेको अभियान भन्ने मुल नाराका साथ   जन परिचालन अभियान जारी छ । 



0 comments

Write Down Your Responses