Powered by Blogger.
फाखेलमा खानेपानीको संभावना बारे छलफल


फाखेल, १ पुस । मकवानपुरको फाखेल  गाउँ विकास समितिमा खानेपानीको सम्भावना बारे अध्ययन हुने भएको छ । 

प्लान इन्टरनेशनल नेपालको सहयोग, राडो नेपालको आयोजना र गाउँ स्तरीय खानेपानी उपभोक्ता समितिको व्यवस्थापनमा  सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो । 

२०७२ को बिनासकारी भूकम्प पश्चात् फाखेलमा रहेका खोला तथा खानेपानी मुहानहरु सुकेका छन् । जसका कारण जीवनयापन नै कठिन हुन थालेको सर्वसाधारणको गुनासोे छ ।

वडा नम्बर १,२,३,४,५,६,७ मा खानेपानीको चरम समस्या रहि आएको छ । खानेपानी तथा सरसफाइको क्षेत्रमा सरोकार राख्ने , खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु, वडा नागरिक मञ्चका संयोजकहरु, प्लान इन्टरनेशनलका बेदबहादुर लामा, भरत थुलुङ , राडो नेपालका बद्री सापकोटा , सिसिडियन नेपालका जगत बजगाँइ लगायतको उपस्थितीमा छलफल भएको थियो ।

सुख्खा याम बढे संगै पानीको समस्या बढ्न थाले पछि दैनिकी समेत कठिन हुन थालेको छ । हाल मुहान सुकेका स्थानमा बैकल्पिक उपायहरु अपनाइ खानेपानीको परिपुर्ति गर्नु पर्ने दलीय संयन्त्रका जीवन लामाले सुझाएका छन् । 

यसै महिना भित्रमा पहिलो चरणको प्राबिधिक स्तरको अध्ययन गरि कार्यक्रम अगाडी बढाइने भएको छ ।
हाल प्रती लिटर एक रुपैया तिरेरै भए पनि यहाँका सर्बसाधारण पानी पिउन बाध्य छन् ।–पुष्कल गोले

0 comments

Write Down Your Responses