Powered by Blogger.
एमाले जनपरिचालन सशक्त पार्न फाखेलमा भेला सम्पन्न


फाखेल, १८ मंसिर । संविधान कार्यान्वयनका लागि नेकपा (एमाले)को जन परिचालन अभियान अन्तरगत शनिबार मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँ पालिकाको वडा नं ४ र ५ को फाखेल पुरुण्डिमा सम्पन्न संयुक्त भेलाले वडा स्तरमा दुई टोलि बनाइ अभियान थप ससक्त बनाउने  निर्णय भएको छ । 

नेकपा (एमाले )जिल्ला कमिटी सदस्य एवम् थाहा नगर तथा  फाखेल गाउँ इन्चार्ज  रामचन्द्र बलको प्रमुख आतिथ्य तथा  २ नम्बर क्षेत्रीय कमिटीका उपाध्यक्ष  तथा कुलेखानी अभियान प्रमुख  जीवन लामा, फाखेल अभियानका अभियान प्रमुख राजुमान महर्जन लगायतको उपस्थितिमा  भएको भेलाले उक्त निर्णय गरिएको हो  । 

भेलाले इन्द्रसरोवर गाउँपालिका वडा नं ४ मा धनबिर स्याङ्तान को संयोजकत्वमा १५ र वडा नं ५ मा धनराज महर्जनको संयोजकत्वमा १५ सदस्यीय वडा स्तरिय अभियान टोलि गठन भएको छ । साथै राजुमान महर्जनको संयोजकत्वमा सात सदस्यीय सचिवालय समेत गठन गरिएको छ । 

जसमा संयोजक राजुमान महर्जन सदस्यहरु धनबिर स्याङ्तान, उमेश बस्नेत, धनराज महर्जन, हरिमाया लामा, केशरराज लामा र कार्यालय सचिब पुस्कल गोले सागर रहेका छन् ।
  
भेलाले आगामी पुस ९ गतेको कार्यक्रम लाई सफल पार्न सबै अभियान टोलीलाई परिचालन गर्ने निर्णय भएको छ ।

0 comments

Write Down Your Responses