Powered by Blogger.
अभियान सफल पार्न कुलेखानीमा दुई टोली परिचालित


कुलेखानी, १९ मंसिर । नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौ बैठकको निर्णय बमोजिम संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान मकवानपुर जिल्लामा व्यवस्थीत र प्रभावकारी रूपमा संचालन  भइरहेका छ । 

यसलाई थप व्यवस्थीत पार्न  जिल्ला कमिटीको २०७३ कातिक २९गते सम्पन्न छैटौं बैठकले निर्माण गरेको कार्यायोजना कार्यन्वयनमा सबै क्षेत्रमा पार्टीका स्थानीय नेताहरु लागिपरेका छन् ।  

‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधान कार्यान्वयन एमालेको अभियान’ भन्ने मुल नाराका साथ सञ्चालित जन परिचालन अभियान अन्तर्गत आइतबार  मकवानपुर जिल्लाको प्रस्तावित इन्द्रसरोबर गाउँ पालिका को वडा नं २ को कुलेखानी खानीखेतमा सम्पन्न संयुक्त बैठक सम्पन्न भएको छ । 

कुलेखानी गाउँ कमिटीको संयुक्त बैठक र भेलाले वडा स्तरमा दुई टोली बनाई अभियानलाई थप ससक्त बनाउने निर्णय गरिएको छ ।  

नेकपा एमाले मकवानपुर २ नम्बर क्षेत्रीय कमिटीका उपाध्यक्ष एवम् कुलेखानी गाविस अभियान प्रमुख जीवन लामाको प्रमुख आतिथ्यता तथा पूर्व जिल्ला कमिटी सदस्य एवम् मार्खु अभियानका अभियान प्रमुख देबकृष्ण पुडासैनी, जिल्ला स्थानीय विभाग सदस्य एवम् फाखेल अभियानका अभियान प्रमुख राजुमान महर्जन, सिस्नेरी अभियान प्रमुख ऋषि पुडासैनी र निवर्तमान गाविस उपाध्यक्ष वीरबहादुर बलको उपस्थितिमा इन्द्रसरोवर गाउँपालिका वडा नं २ मा दुईवटा अभियान टोली गठन गरिएको छ । 

हालका कुलेखानी गाविस वडा नं १,२,३,४र ७ मा पार्टी गाउँ कमिटीका अध्यक्ष कृष्णबहादुर भ्लोनको संयोजकत्वमा ९ र वडा नं.५,६, ८ र ९मा प्रताप लामाको संयोजकत्वमा १२ सदस्यीय अभियान टोली गठन भएको छ । 

टोलीका सदस्यहरुमा क्रमशः होमबहादुर थापा, प्रताप थिङ, राजेश सापकोटा, बुद्धीमान स्याङ्तान, राम स्याङ्तान, सावित्री  थापा, जमानसिंह स्याङ्तान, मनकला स्याङ्तान, वीरबहादुर थिङ, विनोद सापकोटा, बुध्द लामा, रमेश सापकोटा, ज्ञानी लामा, दिलबहादुर वाइबा, रत्नबहादुर थापा, सुनिता बल, जनक बस्नेत, विष्णु पुडासैनी, शक्ति स्याङ्तान र भिमरत्न लामा रहेका छन् । 

यसैगरी वीरबहादुर बलको संयोजकत्वमा गणेशबहादुर थापा, सानुकान्छा थिङ, बैकुण्ठ थापा, पृथ्वीबहादुर थापा र लक्ष्मी सापकोटा सदस्य रहेकोे अनुगमन समिति पनि गठन भएको छ । साथै जीवन लामाको संयोजकत्वमा आठ सदस्यीय सचिवालय समेत गठन गरिएको छ । 

जसमा संयोजक जीवन लामा  तथा सदस्यहरुमा   प्रताप लामा, कृष्णबहादुर भ्लोन, वीरबहादुर थिङ, बुध्द थिङ, ज्ञानी लामा, वीरबहादुर बल र कार्यालय सचिब विनोद सापकोटा रहेका छन् । 

भेलाले आगामी मंसिर २६ गते आइतबार को कार्यक्रम लाई सफल पार्न सबै अभियान टोलीलाई परिचालन गर्ने समेत निर्णय गरेको छ  ।

0 comments

Write Down Your Responses