Powered by Blogger.
दम्कीमा स्थानीय स्तरको भलिबल प्रतियोगिता सम्पन्न



जनक लामा 

पालुङ, २२ मंसिर । ‘सामाजिक सद्भावको विकासमा युवा’ भन्ने मूल अवधारणाको साथ बुधबार भएको स्थानीय स्तर रनिङ शिल्ड भलिबल प्रतियोगिताको शिल्ड विबाहित समूहले हात पारेको छ ।

उत्तरी मकवानपुरको थाहा नगरपालिका ६ दम्कीमा दम्की युवा समूहको आयोजनमा भएको प्रतियोगितामा विवाहित समूह प्रथम भएको हो । युवा टिम बि लाई पछि पार्दै विबाहित टिम प्रथम भएको हो । प्रतियोगितामा बयस्क टिम, विवाहित टिम, युवा टिम ए, युवा टिम बि र युवा जुनियर टिम गरि ५ टिमको सहभागिता रहेको थियो । 

प्रतियोगिताबाट सिद्धान्त गोले उत्कृष्ट खेलाडी , रामकुमार लामा अनुशासित खेलाडी र साजन लामा उदयमान खेलाडी घोषित भएका छन् । खेलबाट पनि समाजमा सामाजिक सद्भाव विकास गर्न सकिने भन्दै प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । 

बर्तमान समयमा युवाहरुमा एकता कायम गर्नको लागि पनि खेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको खेल संयोजक सानोबाबु मुक्तानले बताउनु भयो । राप्रपाका थाहा नगर अध्यक्ष हरेराम कार्कीको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको हो । कार्कीले समाज विकासको लागि खेल आवश्यक भएको भन्दै खेलबाट विकासले गति लिन सक्ने बताए । 

प्रतियोगितामा शंकर लो र पूर्णध्वज के.सीले रेफ्रीको भूमिका निर्वाह गर्नु भएको थियो । प्रतियोगितामा विजेता टिमलाई प्रमुख अतिथि कार्कीले प्रमाण पत्र, मेडल तथा शिल्ड वितरण गर्नु भएको थियो । 

विगतका वर्षहरुमा पनि भईरहेको र आगामी वर्षहरुमा पनि खेल  आयोजना गरी सद्भाव बढाउने आयोजकले जनाएको छ ।



0 comments

Write Down Your Responses