Powered by Blogger.
गोगने गाविस पूर्ण खोप युक्त घोषणा


गोगने, २२ मंसिर । मकवानपुरको गोगने गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषण गरिएको छ । ‘पूर्ण खोप सुनिश्चितामा गोगनेको शान, खोपमा नमुना गाउँ बनाउने हाम्रो अभियान’ भन्ने नारा सहित गाविसलाई पूर्ण खोप युक्त गाविस घोषणा गरिएको हो । 

नवजात शिशुलाई एक वर्षको अवधिमा वीसीजी एक पटक, डीपीटी तीन पटक, पोलियो तीन पटक र दादुरा तथा रुवेला एक पटक दिइने गरिन्छ । जस अनुसार गाविसको सर्वेक्षणमा सबै खोप पुरा भएकाले गोगनेलाई भव्य कार्यक्रमकोबीच पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो ।

पाँच हजार ६ सय १२ जनसंख्या तथा ११ सय ३६ घरधुरी रहेको गाविसमा १२ महिना पूरा गरी २३ महिना पुगेका १ सय १२ शिशु रहेको र उनीहरु सवैले पूर्ण खोप पाइसकेको गोगने स्वास्थ्य चौकीका ईन्चार्ज शेरबहादुर खत्रीले बताउनु भयो । 

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मकवानपुरका सभापति तथा केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यता तथा गोगने गाविसका कार्यलय सहायक राम बहादुर थिङको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
साथै महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा स्वयम् सेविका सुनिता ढकाल , सावित्री गिरी, शान्ती पाख्रिन, कानुकान्छी सिन्तान, टेकमाया मुक्तान, चमेली पाख्रिन, गंगा आले र कोपिला रिजाल रहेका छन् ।

गोगने गाउँ विकास समितिको आयोजनामा साँस्कृतिक कार्यक्रम समेत गरि गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो । कार्यक्रममा जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, नेकपा एमाले जिल्ला कमिटि सदस्य गौतमबुद्ध लामा, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य बुद्धिलाल थिङ, नेकपा माओवादीका प्रेम बहादुर पुलामी , राष्ट्रिय जनमोर्चाका रत्न बहादुर गोले लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राजनीतिक दल, संघसंस्था, महिला स्वास्थ्य स्वयमसेविका, बुद्धिजीवी, नागरिक समाज पत्रकार लगायतको उपस्थिती रहेको थियो । – जनक लामा




0 comments

Write Down Your Responses