Powered by Blogger.
गोकर्णेश्वरमा भ्रष्ट्राचार बढेपछि जुर्मुराए नगरवासी


काठमाडौं, २२ मंसिर ।  गोकर्णेश्वर नगरपालिकामा व्यापक भ्रस्टाचार भएको भन्दै सामाजिक अभियन्ताहरु एक ठाउँमा उभिएका छन् । 

बिकास निर्माणमा ढिला सुस्ती, लक्षित वर्गको कार्यक्रम अन्य शिर्षकमा खर्च गरेको , नक्सा पास गर्न र निर्माण सम्पन्न गर्न लाखौँ भ्रस्टाचार गरेको भन्दै सुदर्शन बजगाई र राजु सुनारको अगुवाईमा भेला सम्पन्न भएको हो ।

भेलामा सहभागी पुष्पा लिम्बुले भनिन् ‘एकल महिलालाई धेरै हेपीएको छ र उनीहरुलाई दिईनुपर्ने अधिकार कटौती गरिएको छ त्यसैले अब जाग्न जरुरी छ ।’  त्यस्तै बिहानी एकल महिला समुहकी अध्यक्ष जुमा लामाले आफुहरुले कार्यक्रम गर्न जाँदा पछी सहयोग गर्छु भनेर टालटुल गरेको र कार्यकारी अधिकृतले पछि बेवास्ता गरेको गुनासो सुनाइन् ।

सामाजिक अभियन्ता शान्ती श्रेष्ठले अहिले नगरपालिकाले लक्षित बर्गको कार्यक्रम सम्वन्धित कार्यालयलाई जिम्मा लगाएर नगरवासीलाई दुख दिन खोजेकोले त्यस खाले निर्णयको अभिलम्ब खारेजीको माग गर्नु भएको थियो ।

सहभागीले आफुले भोगेको अनुभव सुनाएका थिए । कार्यक्रमको सहजीकरण सुदर्शन बजगाईले गरेका थिए भने कार्यक्रमको बारेमा बोल्दै राजु सुनारले भेला समापन गरेका थिए । भेलाले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने र त्यसपछि पनि मागको सुनुवाइ नभए आन्दोलनलको आँधिबेरी सिर्जना गर्ने निर्णय गरेको छ ।

कमिसन र लुटतन्त्र बिरुद्ध डटेर लाग्न आफू तयार रहेको राजु सुनारले दामन पोष्टसमक्ष बताए । आन्दोलन मार्फत अघि बढेर नगरवासीलाई प्रभावकारी सेवा दिन अब आन्दोलनको बिकल्प नरहेको सुदर्शन बजगाईले बताएका छन् । 



0 comments

Write Down Your Responses