Powered by Blogger.
फाखेलका राजु आए ‘मेरो फाखेल गाँउ’ लिएर ( भिडीयो पनि हेर्नुहोस् )


काठमाडौं । मकवानपुर फाखेलका राजु लामा आफ्नो जन्म तथा कर्मभूमीलाई संगितमा उतारेर दर्शक तथा स्रोता सामु आएका छन् । 

सानैदेखि गित संगितमा रुचि राख्ने मात्र होइन विभिन्न कार्यक्रमहरुमा आफ्नो प्रश्तुती देखाएका उनी पछिल्लो समय ‘मेरो फाखेल गाँउ’ नामको म्युजिक भिडीयो गीत सहित लिएर आएका हुन् । 

शिरमाथि चन्द्रागिरी हाँस्छ मुसुमुसु
दामनमा चाँदीझैं हिउँ पर्छ फुसुफुसु
कसले राखिदियो होला यति राम्रो नाउँ
स्वर्गभन्दा प्यारो लाग्छ मेरो फाखेल गाउँ
मरे पछि फेरि पनि पुनर्जन्म यहि पाउ ।
स्वर्ग भन्दा प्यारो लाग्छ मेरो फाखेल गाउँ ।

राजु लामा र अप्सरा केसीको संयुक्त शब्द रहेको यस गीतमा मकवानपुरका उत्तरी क्षेत्रको प्रशिद्ध ठाउँहरु समेटी पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले तयार पारिएको उनी बताउँछन् । 

गायक लामालाई कोरस भोकलमा गायिका श्रृजना कपालीले साथ दिनु भएको छ भने सुन्दर शब्दहरुलाई संगीतबाट सिंगार्ने काम मकवानपुरे संगीतकार विनय के–टु ले गर्नुभएको छ । 

गीतको म्युजिक भिडियोमा नव क्षितिज कला केन्द्रका प्रशिक्षक कृति लो, अनु स्याङ्तान, श्रीकृष्ण श्रेष्ठ, थाहा नगर उद्योग वाणिज्य संघद्वारा आयोजित थाहा आइडलका विजेता एलिना रानामगर, रोशनी ताामाङ, उर्मिला स्याङ्तान, नोर्साङ तामाङ, सविता बस्नेत, सुशान्त गोपाली, सुरेन्द्र तमाङ, रोहन स्याङ्तान, देलु वाइबा, विशेष थिङ लगायत राजु लामाले मोडेलिङ गर्नुभएको छ । गायक लामा र लो आफैंले म्युजिक भिडीयोमा अभिनय गरेका छन् भने अन्यले कोरश डान्सरको भूमिका निर्वाह गरेका छन् । 

श्रृंगारमा शोभिता गोपाली र क्यामेरामा सोनाम बलामीले साथ दिनु भएको छ भने एडिटिङ राजन शाक्यले गर्नुभएको छ । उक्त म्युजिक भिडियोको निर्देशन नव क्षितिज कला केन्द्रका निर्देशक विजयश्याम  अमात्यले गरेका हुन् । 

नव क्षितिज कला केन्द्रको तेस्रो एल्बममा समावेश हुने यो गीत राजु लामाको पहिलो रेकर्डिङ भएको गीत हो भने कृति लोको तेस्रो म्युजिक भिडियो हो  । त्यसैगरी अमात्यद्वारा निर्देशित भने यो १६ औं म्युजिक भिडियो हो ।

नव क्षितिज कला केन्द्रले यस अघि तारिफ र उमंग गरी दुई एल्बम बजारमा ल्याइसकेको छ । यो म्युजिक भिडियोको छायाङ्कन उत्तरी क्षेत्रको रमणीय स्थल चखेल  देउराली, घट्टेखोला, पुरुण्डी, भेडाफार्म, इन्द्रसरोबर, दामन, झम्केश्वरी र बज्रवाराहीमा गरिएको छ ।




भिडीयो हेर्न यहाँ क्लिक गर्नुहोस्

2 comments

Sarai maya garnu hudo raichha afno gaunlai. Khusi lagyo. Phakhel gaun ramro raichha.

Sarai maya garnu hudo raichha afno gaunlai. Khusi lagyo. Phakhel gaun ramro raichha.

Write Down Your Responses