Powered by Blogger.
गुटबन्दी संस्थागत रुपमा नै अन्त्यः लम्साल


हेटौंडा । मकवानपुर जिल्लामा पार्टीभित्रको गुटबन्दी अन्त्य भएको नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष तथा प्रस्तावित मकवानपुर गढी गाउँपालिका अभियान संयोजक बद्रिप्रसाद लम्सालले बताएका छन् ।

नेकपा एमाले केन्द्रीय कमिटीबाट घोषित तथा जिल्ला कमिटी मकवानपुरद्वारा संचालित ४ महिने संविधान कार्यान्वयनको लागि जनपरिचालन अभियान–२०७३ को क्रममा आमभन्ज्याङ् गाउँ पार्टी कमिटीको आइतबार बसेको बैठकमा उनले पार्टीभित्रको गुटबन्दी संस्थागत रुपमा नै अन्त्य भएको बताएका हुन् । 

उनले भने– ‘अब पार्टीको विधि, नीति र संस्थागत निर्णय विपरित हिड्ने जो कोही पनि पार्टीले छुट नदिने र विना भेदभाव पार्टीमा बरिष्ठता, निरन्तरता, सक्रियता र योग्यताको आधारमा जिम्मेवारी प्रदान गर्छ ।’ कार्यक्रममा पार्टी जिल्ला कमिटीका सदस्य तथा अभियान उपसंयोजक नवीन सिग्देलले पार्टीले संचालन गरेको अभियानबाट मकवानपुरमा एमालेलाई पहिलो स्थानमा पु¥याउने लक्ष्य रहेको बताउँदै जनताको बीचमा पार्टीका भूमिका, निति र कार्यक्रमलाई स्थापित गर्न र विपक्षीले फैलाएको भ्रम चिर्न सम्पूर्ण कमिटी तथा सदस्य एक हुने बताए । 

बैठकले आमभञ्ज्याङ् गाविसका ९ वटै वडाहरुमा अभियान संचालन गर्नको लागि टोलीहरु निर्माण गरेको छ भने बैठकमा जिल्ला निर्वाचन कमिटीका सचिव खेम सापकोटा, २ नं. क्षेत्रीय कमिटीका अध्यक्ष विदुर हुँमागाईँ, जिल्ला विभागका सदस्यहरु जीतबहादुर घिमिरे, कृष्ण धिताललगायतको आथित्यता रहेको थियो । बैठक पार्टी गाउँ कमिटीको अध्यक्ष टिकाप्रसाद दाहालको अध्यक्षतामा भएको हो । 

यस अघि गाउँपालिकाको टोलीको बैठक बसी अभियानका गाउँ संयोजक तोक्नुका साथै यस क्षेत्रका सुकौरा, बुढीचौर, मकवानपुर गढीको बैठक बसी अभियान वडा संयोजक तोकी पुस महिना भर वडास्तरीय अभियान संचालन गर्ने योजना बनाएको प्रस्तावित मकवानपुर गढी गाउँपालिका अभियान सहसंयोजक नवीन सिग्देलले बताए ।

0 comments

Write Down Your Responses