Powered by Blogger.
पूर्व विद्यार्थीले आज पनि गरे मोटरसाइकल र्याली


बज्रबाराही(मकवानपुर), १० पुस । बज्रबाराही उच्च माबीले आयोजना गर्न लागेको शैक्षिक तथा धार्मिक महोत्सबको प्रचारप्रसारका लागि आज आइतबार पनि मोटरसाइकल र्याली गरिएको छ । 

शनिवार भूपु विद्याथीहरुका तर्फबाट प्रचार कार्यलाई तिव्रता दिन र्याली आयोजना गरिएकोमा आइतवार पनि निरन्तरता दिइएको हो ।  बज्रबाराहीबाट टौखेल, चित्लाङ, पौवाबाट मार्खु, सिम्लाङ, कलंकी हुँदै बज्रवाराहीसम्म आएर मोटर साइकल र्याली समापन भएको थियो । 

यस्तै शनिबार सरस्वती बजारबाट सुरु भएको र्याली  पालुङ ओखरबजार, अङ्गारे, फेदिगाउ, घर्तिखोला, शिखरकोट बजार, देउराली हुँदै बाराही चौरमा पुगेर समापन भएको थियो । र्यालीका करिव एक सय २० मोटरसाइकल थिए ।

बिद्यालयलाई रास्ट्रकै नमुना सामुदायिक विद्यालय निर्माण तथा क्याम्पस सञ्चालनार्थ यही पुस १५ गतेदेखि २२ गतेसम्म महोत्सव संचालन हुदैछ ।

महोत्सव मुल समारोह समितिका अध्यक्ष महेश्वर सुवेदीले प्रचारप्रसार अभियान आन्र्तगत मोटरसाईकल ¥याली निकालिएको जानकारी दिनुभयो । 



0 comments

Write Down Your Responses