Powered by Blogger.
नयाँ शक्ति विद्यार्थी युनीयनद्धारा फुटबल प्रतियोगिता आयोजना


हेटौंडा, १२ पुस । नयाँ शक्ति विद्यार्थी युनियन मनहरी बहुमुखी क्याम्पस मकवानपुर आधार समितिको आयोजना मकवानपुर क्षेत्र नम्बर ४ मा अबस्थित माध्यमिक विद्यालय र उच्च मा तथा क्याम्पस स्तरिय सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । 

प्रतियोगिताको उद्घाटन नयाँ शक्ति बिद्यार्थी युनियनका केन्द्रिय सचिवालय सदस्य प्रकाश थोकरले रेफ्रीलाई बल हस्तान्तरण गरेर गर्नु भएको थियो । उद्घाटन कार्यक्रमको सभाध्क्षता सुसन सुवेदीले गर्नु भएको थियो । 

यसैगरी नयाँ शक्ति विद्यार्थी युनियनका नेताहरु श्रवण बर्तौला, गिरिजा अधिकारी ,अमृत बर्तौला, सङ्राम बल लामा ,राजेन्द्र बल, क्याम्पस प्रमुख लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

मंगलबार भएको उद्घाटन खेलमा रोटरी मा.बि. लाई पेनाल्टी सुट आउटमा हराउँदै आयोजक मनहरी बहुमुखी क्याम्पस क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

आयोजक सहित १२ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल खेल पुस १९ गते हुने नयाँ शक्ति विद्यार्थी युनियन मनहरी बहुमुखी क्याम्पस का उत्प्रेरक राजेन्द्र मोक्तानले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses