Powered by Blogger.
बज्रबाराहीको शैक्षिक महोत्सवलाई सार्थक बनाउन आ आफ्नो ठाँउबाट जुटौं

अनित विष्ट

थाहा बज्रबाराही शैक्षिक तथा धार्मिक महोत्सव ऐतिहासिक  पर्यटकीय नगरी थाहा नगरपालिकाको  धार्मिक तथा शैक्षिक बिकासमा कोसेढुङा साबित हुन सक्छ । 

यो नगरपालिका पर्यटन , बेमौसमी कृषि , ऐतिहासिक धार्मिक स्थल लगायतले परिचित छ । भविश्यमा यस महोत्सवको योजनाले साकार रुप पाउने छ ।  साथै शैक्षिक क्षेत्रमा फड्को मार्नेछ भन्ने हाम्रो आशा छ ।

त्यसपछि हामी यि विविध कुराहरु जस्तै शिक्षाबाट पनि परिचीत हुने बलियो सम्भावना रहेको छ  । जुन लक्ष्य हामी बाट टाढा छैन, मात्रै यो योजनालाई सार्थक बनाउनका निमित्त सबै क्षेत्रबाट आफुले सकेको सहयोग र हातेमालोको आवश्यकता रहेको छ ।

बर्तमान स्थितिमा थाहा नगरपालिका र आसपासका क्षेत्रहरूबाट उच्च शिक्षा हासिल गर्नका निमित्त बिद्यार्थीहरु काठमाडौ , हेटौंडा लगायतका क्षेत्रहरू जाने चलन बढ्दै गइरहेको छ । यो परिपाटीबाट सकारात्मक संगै नकारात्मक असरहरु देखापरेको बिदितै छ । 

भविश्यमा यो क्षेत्र भित्रै गुणस्तरीय आधुनिक तथा नमुना बिद्यालयबाट शिक्षा प्रदान गर्ने अभियान सुरु भए पश्चात बिद्यार्थीहरुले शिक्षाका लागि राजधानी र छिमेकी सहरहरु पस्नु पर्ने बाध्यताबाट मुक्त हुनेछन् । साथै विभिन्न समुदायबाट ठुलो आस्था र बिश्वास रहेको विभिन्न धार्मिक स्थल जस्तै श्रृषेश्वर महादेव , झम्केश्वरी महादेव , इन्द्रायणी माई , बज्रबाराही माई , पतालेश्वर, मंगलेश्वर , पाण्डुकेश्वर, गोरखनाथ लगायतका धार्मिक स्थलहरुको उचित प्रचारप्रसार र व्यस्थापन गर्न सकेको खण्डमा यो नगरीको पर्यटन र धार्मिक क्षेत्रमा विकास हुने निश्चित छ ।  
त्यसो भएमा यस ठाँउले शिक्षाको चहकिलो छर्ने पनि बलियो संभावना रहेको छ ,जुनकुरा सफल बनाउने बलियो जग यो महोत्सव हुनसक्छ । 

यतिबेला धार्मिक र शैक्षिक क्षेत्रमा आमूल सकारात्मक परिवर्तनको आवश्यकता महसुस भैरहेको छ । यस्तो समयमा बज्रबाराही थाहा शैक्षिक तथा धार्मिक महोत्सव जस्तो राम्रो योजना सहित यो खालको महोत्सव हुनु हामी सबैकालागी गौरव गर्ने बिषय हो ।

भोलिका सन्ततिलाई आफ्नै जन्मथलोमा गुणस्तरीय , आधुनिक शिक्षा दिलाउनको निमित्त साथसाथै भविश्यमा योजना अनुरुप थाहा नगरपालिकालाई नमुना शिक्षाको नगर बनाउनको निमित्त महोत्सवलाई भव्य र सभ्य तवरले आजोजना गर्नुपर्ने जिम्मा सम्पुर्ण नगरबासिको काँधमा छ ।

त्यसैले यसलाई सार्थक बनाउन हामी सबैले आआफ्नो ठाउँबाट सहयोग गरौं, हातेमालो गरौ , अगाडि बढौं । सफलता अवश्य हात पर्ने छ  । 

भनिन्छ थोपा थोपा मिलेर समुन्द्र बन्छ । अनि हजारौं माइलको यात्रा पनि पहिलो पाइलाबाटै सुरु हुनछ । त्यसैले आयोजकले लिएको यो महान लक्ष्य पुरा गर्न आ आफ्नो ठाँउबाट लागौं । गच्छे अनुसार सहयोग गरौं । थोपा थोपा ल्याएर घैला भरौं । शैक्षिक कोषको भकारी खडा गरौं, यसैमा हामी सबैको कल्याण छ । 

(बिष्ट लियो क्लब अफ पिस थाहा नगरका चार्टर प्रेसिडेन्ट हुन् ।)



0 comments

Write Down Your Responses