Powered by Blogger.
आइतबार ढाका टोपी लगाएर माइतीघर मण्डलामा प्रभातफेरी


काठमाडा, १४ पुस । नेपालीको पहिचान हराउदै गएको भन्दै जागरुक युवा अभियान नेपालले नेपाली टोपीलाई राष्ट्रिय पहिचानको रुपमा घोषणा गर्न माग गरेको छ । 

सामुदायिक पहिचानको कुरा उठिरहदा राष्ट्रिय पहिचान नै संकटमा परेको भन्दै सबै जातीय र क्षेत्रीय पहिचानको प्रतिनिधित्व गर्ने टोपीलाई राष्ट्रिय पहिचानको रुपमा घोषणा गर्न माग गरेको हो ।

‘विगतमा दौरा, सुरुवाल र टोपीलाई नेपाली पोशाकका रुपमा लिने गरिए पनि पछिल्लो समय यसलाई नेपाली पोशाकको सूचिबाट हटाइएको छ । 

नेपालमा सामुदायीक पहिचानको कुरा जोडतोडका साथ उठ्ने गरे पनि राष्ट्रिय पहिचान नै संकटमा पर्न थालेको छ । त्यसैले नेपालको सबै प्रदेशलाई ईंगित हुने नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने हाम्रो माग छ ।’ अभियानले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै बिज्ञप्तिमा भनिएको छ, ‘टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्छ, बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्छ भने सवैभन्दा मुनिको समथर भागले तराईको प्रतिनिधित्व गर्दछ । त्यसैले नेपाली टोपीले सबै जाति तथा क्षेत्रको प्रतिनिधित्व गर्छ । तसर्थ नेपाली टोपी नेपाली पहिचानकारुपमा घोषणा गर्न हामी जोडदार  माग गर्दछौ ।’ 

अभियानले यो बर्ष “हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान” भन्ने नाराका साथ चौथौ नेपाली टोपी दिवस मनाउदै छ । अभियान अन्तर्गत आगामी आइतबार (१ जनवरी) मा राजधानीको माइतीघर मण्डलामा भेला भएर प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाएको छ ।

अभियानले कार्यक्रममा सहभागी हुन र नेपाली टोपीमा सजिएर सामाजिक संजालमा फोटो राख्न पनि अनुरोध गरेको छ । यस्तो  कार्यक्रम देशका बिभिन्न भाग र विदेशमा पनि गर्न लागिएको अभियानका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए ।

0 comments

Write Down Your Responses