Powered by Blogger.
हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम विजय

मकवानपुर,१४ पौष  / हेटौंडामा आजबाट शुरु भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम विजय यूथ क्लवले विजय यात्रा सुरुवात गरेको छ ।
 सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ष्ठानको आयोजनामा हेटौडाका वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आज भएको उद्घाटन खेलमा काठमाण्डौंको सरस्वती क्लवलाई टाइब्रेकर मार्फत ३–१ गोल अन्तरले पराजित गर्दै विजय यूथले विजययात्रा सुरु गरेको हो ।
सो खेलको उद्घाटन सस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री इन्द्रबहादुर बाँनीया गर्नु भएको थियो । प्रतिष्ठानका अध्यक्ष भेष खड्गीको सभाध्यक्षतामा भएको हो ।
पौष २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शनिबार नेपाल पुलिस र पोखराको साहारा क्लवको बीचमा खेल हुन आयोजकलले जनाएको छ ।
 २ विदेशी सहित १० टिमको सहभागिता रहेको प्रतियोगितामा विजेता तथा उपविजेता टोलीले क्रमश ः नगद ५ लाख र ३ लाख रुपियाँ प्राप्त गर्नेछन् ।

0 comments

Write Down Your Responses