Powered by Blogger.
कुन्छालकी सहिद सुनिता गोपालीको नाममा प्रतिष्ठान बन्दै



काठमाडौं, २ पुस । माओवादीको जनयुद्धमा सहिद बनेकी बज्रबाराही कुन्छालकी सुनिता गोपालीको स्मृतिमा ‘सहिद सुनिता गोपाली स्मृति प्रतिष्ठान’ बन्ने भएको छ ।

उनका परिवारले सहिद सुनिताको सम्झना चिरस्थायी बनाउन र अन्य सहिद परिवारको कल्याणका लागि उक्त प्रतिष्ठान गठनको तयारी गरेका हुन् ।

एमाओवादी केन्द्रका मकवानपुर जिल्ला सदस्य तथा सहिद सुनिताका सहोदर दाजु हरिचन्द्र गोपालीको पहलमा प्रतिष्ठान गठन गर्न गत साउनमै विधान तथा आवश्यक कागजात तयार गरी जिल्ला प्रशासन कार्यालयमा दर्ताको  लागि पहल गरिए पनि केही प्रशासनिक उल्झनले उक्त संस्थाले अझै औपचारिकता पाउन नसकेको बताइन्छ ।

अहिले प्रतिष्ठानको नाममा तदर्थ समिति गठन गरेर आवश्यक तयारी समेत थालिसकिएको छ । समितिको समितिको अध्यक्ष रुपचन्द्र गोपाली, उपाध्यक्ष  रामप्रसाद गोपाली, सचिव सुमन गोपाली, कोषाध्यक्ष तुलुमाया गोपाली तथा  सदस्यहरुमा नारायण गोपाली, प्रमोद गोपाली, भरिपुर्ण गोपाली, मनराज गोपाली, प्रेमबहादुर गोपाली, चन्द्रमान गोपाली, पुनकेश्वरी गोपाली,  सुबिन्द्र गोपाली, रामकुमार गोपाली र सिताराम गोपाली रहेका छन् । 

राज्यले सुनितालाई सहितको मान्यता दिइनसकेकाले संस्था दर्ता गर्न केही समस्या परेको सुनिताका दाजु हरिचन्द्रले दामन पोष्टलाई बताए । उक्त मान्यता गराउन सहित तथा वेपत्ता परिवारका अध्यक्ष हितराज पाण्डे नै स्थानीय विकास मन्त्री भएको मौकामा काठमाडौं आएका उनी मन्त्रीसंगको भेटपछि पनि सन्तुष्ट भएर घर फर्कन सकेनन् ।

वेपत्ता तथा ज्यान गुमाएका हजारौं रहेका र सत्य निरुपण तथा वेपत्ता छानविन आयोगले दिएको रिपोर्ट कार्यान्वयन नभएसम्म सहिदको मान्यता दिन नमिल्ने मन्त्रालयबाट थाहा पाएपछि उनी निराश भएर गाँउ फर्किएका छन् ।  

२०५७ सालमा तत्कालिन अनेरास्ववियु क्रान्तिकारीमा आवद्ध सुनिता त्यसपछि भूमिगत रुपमा सांस्कृतिक टोलीमा सहभागि थिइन् । 

२०५९ साल भदौ १३ गते धादिङको रातमाटेमा उनको सेनाले जिउँदै खाल्डोमा पुरेर गोली हानी हत्या गरेको थियो । सुनिता र उनको साथी आश्रय लिइरहेको घरमा सेनाले घेरा हालेपछि साथीले सेनालाई बम फालेको र त्यसपछि सेनाले हत्या गरेको बताइएको छ । 





0 comments

Write Down Your Responses