Powered by Blogger.
शैक्षिक महोत्सवका लागि गतिविधी तिव्र, काठमाडौंमा पनि भूपू विद्यार्थीहरुको सम्पर्क समिति गठन


काठमाडौँ । उत्तरी मकवानपुरको थाहानगरपालिका स्थित बज्रबाराही उच्च माविको स्तरीकरणका लागि आयोजना हुन लागेको धार्मिक तथा शैक्षिक महोत्सबका लागि काठमाडौँमा दोश्रो भेला सम्पन्न भएको छ  । 

भेलाले महोत्सबमा काठमाडौँबाट अधिकतम जन सहभागिता जुटाउन थप पहल गर्ने निर्णय गरेको छ । धार्मिक तथा शैक्षिक महोत्सब काठमाडौँ सम्पर्क समितीका संयोजक अर्जुनसिंह ठकुरीले बिद्यालयलाई अझ राम्रो बनाउने जिम्मा स्थानीयकै रहेको भन्दै थप सहयोग जुटाउन सबैले सक्दो प्रयत्न गर्नुपर्ने बताउनु भयो ।

भेलाले  सोही विद्यालयका भूपु विद्यार्थी तथा लेखक–पत्रकार रामजी बलामीको संयोजकत्वमा भुपू विद्यार्थी काठमाडौँ सम्पर्क समिति पनि गठन गरेको छ । समितिमा रमेश सुबेदी, श्याम ठकुरी, रबिन श्रेष्ठ लगायत रहेका छन् ।

५ करोड रुपैंया संकलन गर्ने लक्ष्य लिईएको महोत्सब सम्पन्न गर्न ३६ लाख रुपैंया लाग्ने अनुमान गरिएको छ । महोत्सब आगामी पुस १५ गतेदेखि २२ गतेसम्म संचालन हुदैछ ।

यस अघि अर्जुनसिंह ठकुरीको संयोजकत्वमा, सहसंयोजक हरिहर सुबेदी तथा सदस्यहरुमा  अधिवक्ता चन्द्रबहादुर गोपाली, पुरुषोत्तम बिडारी र जयराम गोपाली रहने गरी काठमाडौं सम्पर्क मुल समिति गठन भइसकेको थियो ।  

रविभवन स्थित दरबार बैंकटमा भएको  भेलामा पुर्व स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शन्तराम बिडारी, पत्रकार बैकुण्ठ ढकाल, अधिवक्ता हेममणि सुबेदी लगायतको उपस्थिति थियो । 

समितिले काठमाडौंबाट  भूपु विद्याथीहरुसंग सहयोग जुटाउन  समन्वय तथा पहल गर्ने संयोजक बलामीले बताए । 


0 comments

Write Down Your Responses