Powered by Blogger.
बज्रवाराही शैक्षिक महोत्सवको प्रचार उपसमितिलाई पूर्णता



काठमाडौं, ९ पुस । यही पुस १५ देखि २२ गतेसम्म थाहा नगर पालिकाको बज्रबाराही उच्च माविका हुने वृहत शैक्षिक तथा धार्मिक महोत्सवको प्रचार उपसमितिलाई पूर्णता दिइएको छ ।

उपसमितिका संयोजक शन्तराम बिडारीले उपसमितिका अन्य सदस्यहरुसंग परामर्श गरेर काममा सहजता ल्याउनका लागि प्रचार समितिलाई पूर्णता दिनुभएको हो ।

थपिएका सदस्यहरुमा नेपाल एफएमका बैकुण्ठ ढकाल, दामन पोष्ट साप्ताहिकका राम बतौंला र अनइयर नेपालका प्रवन्ध निर्देशक दीपक हमाल रहेका छन् ।  

यसअघि नै समितिमा थाहा पोस्ट अनलाइनका प्रधान सम्पादक रामजी बलामी, बिकास खबरका प्रधान सम्पादक कुमार नेगी, सम्पादक सुरज भुजेल, रेडियो आवाजका प्रबन्ध निर्देशक राजेश श्रेष्ठ, समाचारदाता निराजन गोपाली, रेडियो आकाश गङ्गाका समाचार प्रमुख रुपक कालिराज, मुक्तिनाथ उप्रेती लगायत रहिसकेका छन् । 

यसैबीच राजधानीमा उपलव्ध उपसमिति सदस्यहरुको बैठक आइतबार दिँउसो २ः३० बागबजार काठमाडौंमा बोलाइएको छ ।

सो बैठकले अहिलेसम्मका कामको समिक्षा गर्दै थप योजना अघि सार्ने बताइएको छ । महोत्सवमा अन्तराष्ट्रिय कथा वाचक गोबिन्द शरण महाराजले प्रवचन दिनुहुनेछ । महोत्सव सफल पार्न केही महिना अघि नै महेश्वर सुवेदीको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएर आवश्यक कार्य अघि बढिसकेको छ । 

महोत्सवबाट करिव ५ करोड रुपिँया संकलन गर्ने र उक्त रकमले विद्यालयलाई अत्याधुनीक सुविधा सम्पन्न पार्नुका साथै क्याम्पस स्थापनाको लागि पहल गर्ने बताइएको छ । 

0 comments

Write Down Your Responses