Powered by Blogger.
थाहा अध्ययन प्रतिष्ठान राष्ट्रिय स्वाभिमानको पहिचान खोज्दै पुग्यो नालापानी


काठमाडौं । थाहा अध्ययन प्रतिष्ठानको अगुवाईमा गतसाता (६–९ माघ) एक नेपाली प्रतिनिधिमण्डलले भारतको उत्तराखण्डस्थित ऐतिहासिक नालापानी किल्लाको अवलोकन भ्रमण ग¥यो । 

प्रतिष्ठानका अध्यक्ष अजेयराज सुमार्गीको नेतृत्वमा गएको उक्त टोलीमा सांसद वीरबहादुर बलायर (नेपाली कांगे्रस), कर्णबहादुर थापा (नेकपा एमाले) र नेकपा माओवादी केन्द्रका नेताद्वय लिलामणि पोख्रेल र शशि श्रेष्ठ तथा अन्य व्यवसायी र पत्रकार गरी १५ जना सहभागी थिए । 

भ्रमणमा नयाँ दिल्लीबाट भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय र भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले पनि भाग लिनुभएको थियो । सन् १८१४ मा भएको नालापानीको युद्ध नेपालले ब्रिटिशसँग लडेको साहसिक युद्धमध्येको एक थियो । 

नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा बलभद्र कुँवरले आफ्ना सिपाही, ग्रामीण महिला तथा केटाकेटी समेत गरी करिब ६ सय जनाको साथमा आधुनिक हतियारले सुसज्जित ३५ सयभन्दा ठूलो संख्याको अंग्रेज फौजको प्रतिकार गरेका थिए । उक्त लडाईंमा ब्रिटिस सेनापति जनरल जिलेस्पी मारिएका थिए ।

पहिलो र दोस्रो आक्रमणमा असफल भएका अंग्रेजहरुले आफ्नो रणनीति फेर्दै किल्लाभित्र जाने पानीको मुहान थुनिदिएपछि बाँकी बचेका सेनाको हितका लागि बलभद्र किल्ला छाड्न बाध्य भएका थिए । सन् १८१४ नोभेम्बर ३० मा किल्ला छाड्दा बलभद्रका साथमा ७० जना जति मात्र बाँकी थिए । 

गोर्खालीहरुले स्वतः किल्ला त्याग गरेपछि खलङ्गामा चढाईं गरेका अंगे्रजहरुले नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै एक युद्ध स्मारकको स्थापना गरे । उक्त स्मारकको शिलालेखमा लेखिएको छ– हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार ।  

यो स्मारकलाई विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिन्छ, जहाँ कुनै सेनाले आफ्नो शत्रु सेनाको वीरताको प्रशंसा गरेको छ ।नालापानी किल्लाको अध्ययनका लागि गएको नेपाली प्रतिनिधिमण्डलले स्थानीय खलङ्गा विकास समितिका पदाधिकारी तथा त्यहाँका बुद्धिजिवीहरुसँग अन्तक्र्रियासमेत ग¥यो । 

अन्तत्र्रिmयामा खलङ्गा विकास समितिका पदाधिकारीहरुले बजेट अभावका कारण चाहेर पनि नालापानी किल्लाको संरक्षण र नेपाली इतिहासको खोज–अनुसन्धानमा ठोस कार्य गर्न नसकिएको स्थिति अवगत गराए ।

उक्त कार्यमा सहयोग पु¥याउने उद्देश्यले थाहा अध्ययन प्रतिष्ठानको तर्फबाट खलङ्गा विकास समितिलाई भारु १० लाख उपलब्ध गराउने निर्णय भएको छ । त्यसका साथै खलङ्गामा आयोजना हुने ‘खलङ्गा–म्याराथन’लाई प्रायोजन गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ ।

नेपाल र नेपालीको गौरवशाली इतिहास बोकेका नालापानी तथा त्यस्तै अन्य क्षेत्रहरुको अध्ययन–अनुसन्धान गर्दै त्यसको समुचित संरक्षणमा समेत सरकारी तथा गैह्रसरकारी संघसंस्थाहरुसँग हातेमालो गर्दै जाने निर्णय प्रतिष्ठानले गरेको महासचिव रामनारयण बिडारीले जानकारी दिए । 



           

0 comments

Write Down Your Responses