Powered by Blogger.
वुद्धिजीवी परिषदको तेस्रो बैठक चन्द्रागिरीको टुप्पोमा (पारित सात प्रश्ताव यस्ता छन्)


काठमाडौं । नेपाल वुद्धिजीवी परिषद् केन्द्रीय कार्यसमितिको तेस्रो वैठक चन्द्रागिरी हिल्स् प्रा.लिको सभाहलमा परिषद्का केन्द्रीय अध्यक्ष डा. दिनेन्द्रचन्द देवकोटाको अध्यक्षतामा २०७३ माघ ७ गते सम्पन्न भएको छ । 

उक्त वैठकको अध्यक्षता गर्दै डा. दिनेशचन्द्र देवकोटाले वैठकमा उपस्थित नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं नेपाल वुद्धिजीवी परिषद्का इन्चार्ज टंक कार्की, पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं नेपाल वुद्धिजीवी परिषदका सहइन्चार्ज  खगेन्द्र चुडाल, नेपाल वुद्धिजीवी परिषद्का पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई स्वागत गर्दै वर्तमान जटिल राजनीति परिस्थिति, वुद्धिजीवि परिषद्को तर्फबाट खेल्नु पर्ने भूमिका एवं आगामी कार्यभारहरुका वारेमा स्पष्ट पार्नुभयो । 

उहाँले अहिले संसदमा संसदीय अभ्यासलाई लत्याउँदै जवरजस्ती पेश गरिएको संविधान संसोधन विधेयक असंवैधानिक एवं राष्ट्रहित विपरित रहेकोकाले तमाम वुद्धिजीवीहरुले यस राष्ट्रघाति कदमको व्यापक झण्डाफोर गर्दै देशलाई एकतावद्ध वनाउन अहम् भूमिका खेल्नु पर्ने धारणा राख्नु भयो । 

साथै उहाँले संविधानले निर्धारण गरे वमोजिम २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश तथा केन्द्र तहका तीन वटै निर्वाचन सम्पन्न गर्नु पर्ने वाध्यकारी संवैधानिक व्यवस्था अनुरुप वर्तमान सरकारले  संविधानले निर्धारण गरेको समयसीमा नजिकिदै गर्दा पनि निर्वाचन सम्बन्धी कुनै तयारीलाई अगाडि नवढाएको र निर्वाचनको वातावरण बनाउनेतिर सरकारले रत्तिभर ध्यान नपु¥याएको,  निर्वाचनको मिति घोषणा गर्न, निर्वाचनसम्बन्धी विधेयकलाई तत्काल संसदमा प्रस्तुत गर्न, प्रस्तुत भइसकेका विधेयकहरुलाई पारित गराउन आवश्यक वातावरण मिलाउन, स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजान र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने काम समेत नगरेको अवस्था प्रति वुद्धिजीवी परिषद्को तर्फबाट निर्वाचनको मिति तत्काल घोषणा गरी संविधान कार्यान्वयनको दिशामा अघि बढ्न आआफ्नो ठाउँवाट व्यापक जनदवाव सिर्जना गर्नु पर्ने तथा हाम्रो गौवरशाली पार्टी नेकपा (एमाले) ले आगामी फागुन २१ गते शहीद दिवसका दिन मेचीको काँकरभिट्टाबाट सुरु गरेर मेची– महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्न गइरहेको छ । 

तराई–मधेसका सबै जिल्लाका मुख्य– मुख्य सहरहरु हुंदै अगाडि बढ्ने र लाखौं जनताको सहभागिता रहने यस अभियानको मुख्य उद्देश्य संविधानको कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्ने र राष्ट्रिय एकता एवं सामाजिक सद्भावलाई सुदृढ गर्ने तय गरिएको छ । यस अभियानमा परिषद्को तर्फबाट व्यापक रुपमा सहभागी भई अभियानलाई भव्य रुपमा सफल वनाउन  सम्बन्धित पार्टीका प्रदेशका प्रदेश सङ्गठन कमिटी र मातहत जिल्ला कमिटीहरुसँग सम्पर्क समन्वय गरी अघि बढ्न निर्देशन दिनुभयो । 

प्रमुख अतिथि टंक कार्कीले वैठकलाई सम्बोधन गर्दै वुद्धिजीवीहरुसँग पार्टीले ठूलो अपेक्षा गरेको भन्दै अहिले आर्थिक विकास र सामाजिक रुपान्तरणको मुद्दा मुख्य कार्यभारको रुपमा रहेकाले त्यसका लागि जतिसक्दो चाडो संविधानको कार्यान्वयका लागि सबै तहको निर्वाचनको मिति घोषणा गर्नु पर्ने कुरामा जोड दिनुभयो । 

त्यसै गरी सह–इन्चार्ज खगेन्द्र चुडालले बैठकलाई सम्बोधन गर्दै तराईमा नेकपा एमाले प्रति झुट्टा भ्रम फैलाइएको तर तराइका जनताहरु एमाले सरकारले घोषणा गरेका कार्यकमहरुबाट प्रभावित भएको कुरा बताउदै एमालेका गतिविधिहरुबाट देश तथा जनताको शिर ठाडो भएको कुरा बताउनुभयो ।

नेपाल वुद्धिजीवी परिषद केन्द्रीय कमिटीको तर्फबाट महासचिव शिवशंकर घिमिरेले परिषद्को यस वीचको राजनीतिक तथा सांगठनिक प्रतिवेदन वैठक समक्ष पेश गर्नु भयो । साथै उहाँ केन्द्रीय सचिवालले दोस्रो वैठकदेखि तेस्रो वैठक वीच गरेका निर्णयहरुका अनुमोदनका लागि प्रस्ताव राख्नु भयो । 

प्रस्तुत सवै प्रस्तावहरु सर्वसम्मत पारित गरियो । वैठकमा सवै प्रदेशका संयोजकहरु एवं उपाध्यक्षहरु र अध्ययन केन्द्रका संयोजकहरुले दोस्रो वैठकदेखि तेस्रो वैठक वीचमा भएका गतिविधिहरु तथा आगामी कार्ययोजनाहरु प्रस्तुत गर्नु भएको थियो । 

वैठकमा कोषाध्यक्ष गिरिधर मिश्रले आर्थिक प्रतिवेदन तथा आर्थिक विभागका आगामी कार्ययोजनाहरु प्रस्तुत गर्नुभयो । त्यसै गरी तराई मधेसमा देखिएका समस्या तथा नेकपा एमालेलाई लगाइएका आरोपहरुका वारेमा वास्तविक तथ्यसत्य पत्ता लगाई पार्टी केन्द्रीय कमिटीलाई राय, सुझाव दिन उपाध्यक्ष सत्यनारायण शाहको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलले १५ दिन भित्र आफ्नो प्रतिवेदन नेपाल वुद्धिजीवी परिषद्को केन्द्रीय सचिवालयमा पेश गर्ने निर्णय समेत गरियो । 

सोहि बैठकमा बरिष्ठ उद्यमाी एवं चन्द्रागिरि हिल्स् लि.का अध्यक्ष चन्द्र ढकाल लाई सम्मान प्रधान गरियो । सो बैठकबाट निम्नानुसारका प्रस्तावहरु पारित गरिएका छन् ।
१.प्रतिपक्षी दलहरूको विरोध हुँदाहुँदै पनि नेपालको संविधान संशोधनकालागि नेपाल सरकारले गत मङ्सिर २४ गते संसद्मा प्रस्तुत गरेको विधेयक प्रति नेपाल बुद्धिजीवी परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ । यसमा समावेश भएका सीमाङ्कन फेरबदल, भाषा, वैवाहिक अङ्गीकृत नागरिकता, तथा प्रादेशिक प्रतिनिधित्वसम्बन्धी चारै प्रस्तावहरू अहिले जुन रूपमा पेस भएका छन् ती राष्ट्रको हितका पक्षमा छैनन् । अतः सबै दलहरूका बीचमा सहमति कायम गरी, संविधान संशोधनका सन्दर्भमा हालै सर्वोच्च अदालतले गरेको फैसला बमोजिम प्रदेश सभाको गठन भए पश्चात मात्र अगाडि बढाउने गरी संविधान संशोधन प्रस्ताव स्थगन गर्न जोडदार माग गर्दछौ । 

२. नेपाली जनताको बारम्बारको त्याग र बलिदानबाट विभिन्न किसिमका अवरोधहरु चिर्दै संविधान सभाबाट २०७२ मा जारी भएको नेपालको संविधानको प्रभावकारी कार्यान्वयन गरी संविधानले परिकल्पना गरेका हक,अधिकार जनतासम्म पु¥याउनकालागि यथाशीघ्र तीनै तहका निर्वाचन सम्पन्न गराउन आवश्यक भएता पनि वर्तमान सरकारले यस दिशामा खासै काम गर्न नसकेको अवस्थामा २०७४ माघ ७ गतेभित्र तीनै तहका निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप देश अघि बढ्न नसकेकाले, सम्भावित संवैधानिक र राजनीतिक जटिलतातिर देश अग्रसर हुन लागेको तर्फ सबै पक्षको ध्यानाकर्षण गराउँदछौँ । तीनै तहका निर्वाचनको मिति अविलम्ब घोषणा गरी संविधान कार्यान्वयनका दिशामा अगाडि बढ्न सरकारसँग जोडदार माग गर्दछौं । 

३. हालै मित्रराष्ट्र भारतद्वारा आफ्नो देशका विमान नेपाल आउँदा बास बस्नुपर्ने अवस्था आएमा आफ्नो देशका हतियारधारी हवाई सुरक्षाकर्मी (एयर मार्सल) लाई समेत बास दिनुपर्ने माग गरिएको र यस विषयमा नेपाल र भारत सरकारका बीचमा सम्झौता समेत भइसकेको भन्ने समाचारप्रति गम्भीर चासो राख्दछौँ । नेपाललाई आफ्नो सुरक्षा छातामुनि सामरिक प्रभाव क्षेत्रका रूपमा राख्नकालागि भारतले विभिन्न चरणमा गरेको पहलको पछिल्लो कडीका रुपमा आएको हो भन्ने यस परिषद्को बुझाइ छ । राष्ट्रिय अस्मितामा आँच आउने यस कदमलाई अविलम्ब सच्याई सबै मित्रराष्ट्रहरूका विमानका निमित्त समानरूपमा सुरक्षाको प्रत्याभूति प्रदान गर्न र कुनै पनि बहानामा कुनै पनि देशका हतियारधारी सुरक्षाकर्मीहरूलाई नेपालको विमानस्थलमा नराख्नका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।  

४. संविधान जारी भए पश्चात् तराई मधेशमा विभिन्न किसिमका समस्याहरू देखिएका छन् । यस्तो परिस्थितिमा तराई मधेशका जनताका जायज मागहरूको पहिचान गरी मधेशमा हाल देखिएका समस्याको व्यावहारिक समाधान गर्नका लागि नेपाल वुद्धिजीवी परिषद्ले मधेशी क्षेत्रका विज्ञहरूको समेत संलग्नतामा एक कार्यदल बनाएर प्रतिवेदन तयार गर्ने र त्यसका आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । 

५. नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली नेतृत्वको तत्कालीन सरकारले चीन सरकारसँग गरेका सम्झौताहरुको प्रभावकारी कार्यान्वयन गर्न र विकास र समृद्धिको माध्यमबाट स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रको समानतामा आधारित स्वतन्त्र वैदेशिक नीति कार्यान्वयनका दिशामा अघि बढ्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं । 

६. नेपाल वुद्धिजीवी परिषद प्रदेश नं १ का  उपाध्यक्ष श्री पूर्णमान लावती गम्भीर रूपमा अस्वस्थ रहनुभएकोमा उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछाँै । 

७. नेपाल वुद्धिजीवी परिषद्को केन्द्रीय समितिको तेस्रो वैठकलाई सम्पन्न गर्नका लागि पु¥याउनु भएको विशेष सहयोगका लागि चन्द्रगिरि हिल्स् लि.लाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।  

0 comments

Write Down Your Responses