Powered by Blogger.
सांसद अनन्तद्धारा कुखरेनी खोलामा पक्की पुल शिलन्यास


हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ र १४ जोड्ने कुखरेनी खोलामा पक्की पुल निर्माणको सुरुवात गरीएको छ । जिल्ला बिकास समिति मकवानपुरले एक कार्यक्रमको आयोजना गरी पुलको शिलान्यास गरीएको हो । 

मकवानपुर क्षेत्र नम्बर ३ बाट निर्बाचित ब्यबस्थापीका सांसद अनन्त पौडेललेको पुलको शिलान्यास गरे । शिलान्यास कार्यक्रममा बोल्दै सांसद पौडेलले हेटौंडा १२, १३, १४ र १५ नम्बर वडाको बिकासमा टेवा पुग्ने बताए । भौगोलिक रुपमा हेटौंडा बजारबाट नजिक भएपनि खोलामा पुल नहुँदा बर्षाको समयमा स्थानियलाई आवत जावतमा समस्या भएकोले पनि पुल निर्माण महत्वपूर्ण भएको उनको भनाई थियो । 

पुल निर्माणका लागि मकवानपुरका दलहरुको भुमिका भएको भन्दै धन्यबाद ज्ञापन गरे । मकवानपुरमा दलगत सहकार्य रहेकोले पनि बिकास निर्माण सहज हुने गरेको उनको भनाई थियो । त्यस्तै कार्यक्रममा बोल्दै सांसद गणेश थापाले सबैको प्रयासबाट पुल निर्माण सुरु भएकोमा प्रशंसा गरे । 

यो उपलब्धीलाई कुनै ब्यक्ती विशेष र पार्टी बिशेषले मात्र जस लिन नहुने बताए । पुल निर्माण सरोकार समितिको संयोजक सोबिन थिङले कुखरेनी र बस्तिपुरमा पुल निर्माण सुरु भएको भन्दै अब नवलपुर र पदपपोखरी जोड्ने पुल पनि निर्माण गर्न पहल गर्न सभाषदहरुलाई अनुरोध गरे । स्थानीय बिकास अधिकारी नारायण मैनालीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण दुवाडी, नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुली लगायतले बोलेका थिए । 

स्विस बिकासको प्राविधिक सहयोगमा नेपाल सरकारको प्रत्यक्ष लगानी पुलको निर्माण हुन लागेको हो । ५ करोड ९८ लाखको लागत अनुमान भएपनि टेण्डर प्रकृया अनुसार नागर्जुन शंकर मालिका जेबीले ४ करोड ६३ लाखमा निर्माणको जिम्मा लिएको प्रमुख जिल्ला इन्जिनियर सोमराज तिमल्सीनाले बताए । 

१०० मिटर लम्बाई र १० मिटर चौडाइ रहेको पुल २०७४ साल असोज २१ गते सम्पन्न हुने गरी निर्माण सम्झौता भएको तिमल्सीनाले जानकारी दिए ।

0 comments

Write Down Your Responses