दुम्जामा कलायात्रा सम्पन्न
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhOFVsbTilFJ2CbRG_sSSYndsOwTaCr9mydkGQEFYkxu-s-rUuWTK9EHOmOn1SHUdmh2J8kIrWhkMuB1SKF1Sef6_S5WzhleiPlNswdrdE34MN685Pu45oJ1-q_chO4ttifAoQqwbR6Bjo/s640/16106175_10211531487183902_1255909379_o.jpg)
दुम्जा (सिन्धुली), २ पुस । ग्रामीण क्षेत्रमा कला जागरण तथा आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित छ दिने (पुस २४ देखि २९ गते) दुम्जा कला यात्रा २०७३ सम्पन्न भएको छ ।
कलाकार सुरेम देशारको संयोजकत्वमा पाँच जना कलाकारहरु कलायात्रा सहभागी हुनुहुन्थ्यो । कठिन भौगोलिक अवस्थाबीच पनि सफलतापूर्वक कलायात्रा सम्पन्न भएको संयोजक देशारले जानकारी दिनुभयो ।
धरणीधर स्मृति पुस्तकालयद्वारा आयोजित यो कला यात्रामा सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, सुरेन्द्रराज अधिकारी र राजेन्द्र देशार सहभागी हुनुहुन्थ्यो । मूर्तिकार राजेन्द्र देशारले सरस्वतीको मूर्ति निर्माण गर्नुभएको थियो भने अन्य कलाकारले कुशेश्वर दुम्जाको विभिन्न भागमा पुगी प्राकृतिक सौन्दर्य, भूकम्पपछिको जनजीवन, दैनिकी, अवस्था, जनजीवनलगायत विषयमा १६ वटा चित्रकला तयार पार्नुभएको थियो ।
कुशेश्वर दुम्जा–५ बालुवाटारस्थित देवीस्थानबाट सुरु भएको कलायात्रा रुपटार, ध्याम्पाटार, बसेरी, ओख्रेनी, दोभानडाँडा, काप्mलेचौर, ओध्रेकोट, हायूगाउँ, ज्यामिरे, सिमलचौर, दारिमबोट, उपल्लाथोक, माझथोक, पानीपोखरी, आँपघारीमा पुगेर सम्पन्न भएको थियो ।
कलायात्राका क्रममा कलाकारहरुले देवीस्थान माध्यमिक विद्यालय, जनजागृत प्रावि, पञ्चकन्या निमावि, कुशेश्वर विद्यापीठ माविमा पुगेर विद्यार्थीसँग कलाबारे अन्तरक्रिया गर्नुभएको थियो । त्यस्तै, गाउँगाउँमा चित्रकलाको प्रदर्शनगरी कलाकारहरुले गाउँलेसँग कलाबारे छलफल गर्नुभएको थियो ।
सो चित्रकला माघ २४ गते जागरणकवि धरणीधर कोइराला जयन्तीका दिन दुम्जामा नै प्रदर्शन गरिने धरणीधर स्मृति पुस्तकालयले जनाएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgFOq7uFXSnuUfh6TBgm6eUlEqeb_p3-hV68w8rIHy0PMYFtCT3NESuLI9fW_yEzav0Emtht1MM9StC5N5SFvOxwpWBxwYXaKJsDejPK0yEQhRz8zbFT4HWpt1cGO3VB_oS_BARGqQ6Kv8/s640/15967420_10211531583706315_924156175_o.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhQzNIEnvhRmtN5g0n7bgzJVKd1FCHcYh6haw92DwCJNi2SnfIprO0ok12M1x_IPtryH732w-cYG4fd-VX-YOxDpMrOnhO64gSFUFjz-mXw3iKysEZfoulSvqnJvdM92DyC6zqTsaPr3oY/s640/15977018_1495788257127953_8405981502792538778_n.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh9R35Ch1AAZI1Wa3S2TAd4nooddLjmtDllIAiWhHaeoMTuarmGwwd-aXYmoGnoPGjBv5to9kh0zFjmqX2DA16cTa9qTKT0ErmivR-er4cCIjU7U-gEvSrKDE7uEZUM7MLLvQnaJChT_Us/s640/16114331_1495794890460623_5480834314284869223_n.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhd_-TAmpUIGCL2WsdufXQRVCAzkdx4St8JQP3OQ1u7uXFcC1EtFWBehgefe6NoATjK0BIKLJvhMLMSFOg5tRftp0D-78FFHdvyisFMSfr7KHo4ANVvk62Ee6nTTaTEdocZnxKc-Zl5BbY/s640/15992259_10211531491544011_1929307817_o.jpg)
0 comments
Write Down Your Responses