Powered by Blogger.
जनप्रिय नमूना माविको विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा चौलागाईं

मकवानपुर, १३ माघ / हेटौंडा उपमहानगर पालिका वडा नम्बर १९ हटिया मकवानपुरमा अवस्थित प्राबिधिक शिक्षालय जनप्रिय नमूना माविको विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा स्थानीय समाजसेवी एवम् शिक्षाप्रेमी लोकनाथ चौलागाईं सर्बसम्मत रुपमा चयन हुनुभएको छ ।
गत साता माघ ७ गते विद्यालयको ३७ औं बार्षिक अभिभावक भेलाले ४ सदस्यीय सदस्यहरु छनौट गरेको थियो । सदस्यहरु मध्येबाट ज्येष्ठ सदस्य समेत हुनुभएका चौलागाईं बिगठित विद्यालय ब्यबस्थापन समितिका सदस्य समेत रहेका थिए । चौलागाईंकै अध्यक्षतामा सम्पन्न बैठकले उहाँलाई अध्यक्षमा सर्बसम्मत रुपमा चयन गर्ने निर्णय गरेको हो ।
 समितिको सदस्यहरुमा मनमाया राई , सीतादेवी रेग्मी , टेकमान थिङ , सुरेश धिमाल , पवित्रा ढकाल , शिक्षक प्रतिनिधि कृष्ण प्रसाद अधिकारी र सदस्य सचिबमा प्रधानाध्यापक नमराज अर्याल रहनुभएको छ  ।


0 comments

Write Down Your Responses