Powered by Blogger.
मुआब्जा दिएपछि मात्र निजी सम्पती भत्काउन आग्रह : सुमार्गी

मकवानपुर ,१९ पौष / सडक डिभीजन कार्यालय हेटौडाले घरटहरा हटाउने सम्बन्धी १५ दिने सूचना जारी गरेको विषयलाई लिएर मध्यमाञ्चल क्षेत्रिय उद्योग बाणिज्यसंघका अध्यक्ष अरुणराज सुमार्गीले आफू विकास विरोधि नभएको बताउदै कम्तीमा ६ महिनाको म्याद दिन आग्रह गर्नु भयो ।

सम्पूर्ण घरधी तथा व्यावसायिहरुको हकहितलाई मध्यनजर गर्दै सिँगो शहर १५ दिनमा व्यावस्थापन  गर्न नसकिने भन्दै म्याद थप गर्नको लागि आग्रह गर्नु भयो ।

पत्रकार सम्मेलनको आयोजना गरि उहाँले हेटौँडाको एैतिहाँसीक र सास्कृतिक पक्षलाई समेत ध्यान दिनु पर्नेमा जोड दिन आग्रह गर्दै विकल्पको बाटोलाई आत्मसाथ गर्नु पर्ने उहाँको भनाई रहेको थियो ।

हेटौँडाका नागरिक आतंकित भएको बताउदै मुआब्जा दिएपछि मात्र निजी सम्पती भत्काउन आग्रह गर्नु भयो ।  सडक डिभीजन कार्यालयको निर्णय अत्यन्त अव्यवहारीक र गैरजिमेवार भएको भन्दै भएकोले यस निर्णयलाई सच्याउनका लागि आग्रह गरिएको हो ।

जनताको पिडामा मकवानपुरका राजनिति दल चुप वस्नु गलत बताउनु भयो । बिकासको बहानामा सुकुम्बासी बनाउने काम भएको भन्दै दुख व्याक्त गर्नु भयो ।


0 comments

Write Down Your Responses