Powered by Blogger.
निशुल्क आँखा शिविर

मकवानपुर ,१९ पौष  / रोटरी क्लव अफ मकवानपुर र रोटरी क्लव अफ मिट टाउन काठमाडौंको संयुक्त आयोजनामा मकवानपुर, बारा र पर्साको विभिन्न स्थानमा निशुल्क आँखा शिविर भएको छ ।

 १७ गते आइतबारदेखि मङ्गलबारसम्म भएको शिविरमा एकहजार ३६ जनाको आँखा परीक्षण गरिएको छ । जसमध्ये ३ सय ९० जनामा मोतिया बिन्दुको रोगी फेला परेको छ ।

 बाराको घोडवामा ४ सय १९ जनाको आँखा चेक गरिएकोमा १ सय ४८ जनामा मोतिया बिन्दु फेला परेको छ । यस्तै अमलेखगन्जमा १ सय ३२ जनामा १८ जना र रौतहटको पेटभर्वामा ३ सय २५ जनालाई चेक गरिएकोमा १ सय १३ जनामा मोतियाबिन्दु फेला परेको रोटरी क्लव अफ मकवानपुरका कार्यक्रम संयोजक कृष्णबहादुर कार्कीले जानकारी दिए । 

यस्तै मकवानपुरको मनहरीमा भएको आँखा चेकअपमा १ सय ६० जनामध्ये ३१ जनामा मोतियाबिन्दु फेला परेको उनले जानकारी दिए । मकवानपुर, बारा र रौतहट ३ वटै जिल्लमा भएको आँखा शिविरमा मोतियाबिन्दु फेला परेकाहरुको मंगलबारबाट हेटौंडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया भैरहेको कार्यक्रम संयोजक कार्कीले जानकारी दिए ।

0 comments

Write Down Your Responses