Powered by Blogger.
फेमिलियरको राष्ट्रिय अभियान सञ्चालन


काठमाडौं  । नेपालमा आर्युवेदिक तथा प्रकृतिजन्य बिभिन्न वस्तु  र सामग्रीहरु उत्पादन गरी आफ्नो व्यावसाय विस्तार गर्नको लागि वर्ड मार्ट युनिक सोलुसन प्रालीले अभियान नै सञ्चालन गरेको छ ।

‘स्वदेशी आयुर्वेदिक उत्पादनको प्रयोग र प्रर्वद्धन, दीर्घकालिन स्वास्थ्य सौन्दर्य एवम् अर्थतन्त्रका लागि फेमिलियर अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा आफ्नो व्यावसायलाई अन्तराष्ट्रिय रुपमा ब्रान्डिङ गर्नको लागि देशभर नै अभियान सञ्चालन गर्ने क्रममा फेमिलियरले राजधानीमा जिल्लास्तरीय सेमिनार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

वल्र्ड टे«ड  सेन्टर त्रिपुरेश्वरमा वन तथा भु संरक्षण राज्य मन्त्री  दीर्घराज भट्टको प्रमुख आतिथ्यता र कम्पनीका सञ्चालक समितिका अध्यक्ष सुमन दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न सौन्दर्य पेशाकर्मीहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वन तथा भु संरक्षणराज्य दीर्घराज भट्टले प्राकृतिक सम्पदाले भरिपुर्ण नेपालमा प्रशस्त जडिबुटी भएर पनि त्यसको प्रशोधन हुन नसक्दा खेर गइरहेको बताउनुभयो  ।

वर्ड माडर्ट युनिक सोलुसन प्रालीले स्वदेशी वहुमूलय जडिबुटीको प्रयोग र प्रशोधन गरी फेमिलियर ब्रान्डका बिभिन्न सौन्दर्य सामग्री उत्पादन गरेर नेपालको अर्थ विकासमा जोड दिएको बताउदै मन्त्री भट्टले अब आफूले पनि यस बिषयमा सरकारको ध्यानाकर्षण गराउँदै नेपाली उत्पादनमार्फत राष्ट्र विकासमा लागेका युवाहरुसंग आफूहरुले सहकार्य गर्ने  बताउनुभयो ।

कार्यक्रममा  राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङगेलले राष्ट्र विकासको अविभारा युवाको काँधमा आएको बताउनुभयो । उहाँले नेपाली आयुर्वेदजन्य तथा जडिबुटीजन्य वस्तुहरुको प्रयोग गरेर उत्पादन गरिएका उत्पादन  र त्यस कार्यमा लागेका जोसुकैलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउँदै वर्ड मार्ट युनिक सोलुसन प्राली र यसमा लागेका युवाहरु देशकै लागि उदाहरण भएको बताउनुभयो । 

कार्यक्रममा बोल्दै सौन्र्यकला व्यवसायी संघ नेपालकी अध्यक्ष कमला श्रेष्ठले अब नेपाली आयुर्वेदिक र जडिबुटीजन्य उत्पादनलाई प्रोत्साहन गर्दै स्थापित गर्नुपर्ने र विदेशी केमिकलयुक्त सामानलाई विस्थापित गर्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा आयुर्वेदविज्ञ रत्नकमल वैद्य, अग्रानिक ग्रिन टि विज्ञ हरि सिटौला, निर्देशक दीपाश्री निरौला, वरिष्ठ गायक शिशिर योगी, अग्रज कलाकार एवम् सौन्र्यविद् राधा लम्साल भावु, बाल कलाकार अनुभव रेग्मी लगायतले बोल्नुभएको थियो । 

करिब ३ सय जनाको सहभागिता रहेको सो कार्यक्रममा फेमिलियर ब्रान्डको बारेमा बिशेष प्रोफाइल र कम्पनीबाट उत्पादित सामानको डेमो पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित भएका बिभिन्न सौन्दर्यकर्मीहरुले स्वास्थ्य सौन्दर्य तथा फेमिलियरका उत्पादनबारे जिज्ञासा राखेको थिए भने सौन्दर्यविद् जानुकी श्रेष्ठले त्यसको सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा बरिष्ठ गायक शिशिर योगी, अभिनेत्री दीपाश्री निरौला, सौन्दर्यकर्मी जानुकी श्रेष्ठ, अग्रज कलाकार एवम् सौन्र्यविद् राधा लम्साल भावु लगायत २० बर्षसम्म सौन्दर्यको क्षेत्रमा सेवा प्रदान गरेका बिभिन्न सौन्र्यकर्मीका साथै बिभिन्न क्षेत्रका सौन्दर्यकर्मीलाई खादा ओढाएर सम्मान गरिएको छ ।

कम्पनीका अध्यक्ष सुमन दाहालले कम्पनीको उत्पादन गरेको सामग्रीको गुणस्तर र भावी कार्यक्रमबारे सबैलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । उहाँले आगामी दिनहरुमा कम्पनीले गर्ने यस प्रकारका जनचेतनामूल कार्यक्रमलाई अझ व्यवस्थित बनाउने र यस्ता सेमिनार तथा सम्मान कार्यक्रमलाई अझै भव्य र सभ्य बनाउने बताउनुभयो ।

कम्पनीले स्वस्थ शरीरको लागि उत्पादन गरेको ग्रीन टि, छालाको सौन्दर्यको लागि एन्टी पिम्पल , एन्टी पिगमेन्टेशन, एन्टी रिँकल कम्बो सेट  एवम् कपालका लागी ,हेयर ट्रिटमेन्ट कम्बो सेट, फेमिलियर मसलाहरु, फेसवासको रुपमा जडी प्लस, एभर ग्रीन क्रिम लगायतका उत्पादन गरिरहेको छ । 

नेपालमा पहिलो होम डोमेस्टिक इ कमर्स अनलाइन स्टोर सन्चालन गर्ने फ्यामिलियर ब्रान्डलाई फेमिलियर मार्ट डट कम  लग इन गरेर पनि सजिलै भेट्टाउन सकिने छ भने फेसबुक, ट्विटर र युटुवमा फेमिलियर मार्ट सर्च एवं सब्सक्राइब गरी भेटाउन सकिने छ ।


0 comments

Write Down Your Responses