Powered by Blogger.
राष्ट्रिय युवा अभियान मकवानपुरको प्रथम जिल्ला अधिवेशन हेटौंडामा हुने

बलराम पुडासैनी 
मकवानपुर,२१ पौष  / राष्ट्रिय युवा अभियान मकवानपुरको प्रथम जिल्ला अधिवेशन यहि पुष २३ गते शनिवार हेटौंडामा हुने भएको छ । राष्ट्रिय युवा अभियान मकवानपुरले आज पत्रकार सम्मेलनका माझं जानकारी गराउंदै अध्यक्ष सहित ७ सदस्यीय पदाधिकारी गरी जम्मा ७५ सदस्सीय जिल्ला समिति निर्माण गर्ने बताएको छ । अबको निकास आर्थिक विकास र समृद्धिका लागि युवा भन्ने मुल नारा सहित कार्यक्रम सम्मन्न रहने छ । 
नयां शक्ति पार्टि नेपालको केन्दी्रय कार्यकारी सदस्य एवं ३ नम्बर प्रदेश संयोजक गंगानारायण श्रेष्ठको प्रमख आथित्यतामा कायक्रम सम्पन्न रहने छ । वर्तमान समयमा दैनिक करीब पन्ध्रसय युवा विदेशिने गरेको तितो यथार्थ दर्साउदै देशको आर्थिक समृद्धिमा अबको पहल जरुरी रहेको राष्ट्रिय युवा अभियान मकवानपुरका संयोजक सुबोध रिमालले बताउंनु भएको छ । 
यस अभियानमा करिब ९०० जना युवाहरु आबद्ध रहेको र आगामी दीनमा मकवानपुरमा रहेका सम्पुर्ण युवा शक्तिलाई समेटेर विकास र समृद्धीको अभियानमा जोड्ने मुल लक्ष्य रहेको समेत आयोजकले जनाएको छ । कार्यक्रमा प्रतिनिधि संख्या ३५० रहने ,पर्यवेक्षक संख्या १०० रहने,र अधिवेशनको अनुमानित खर्च दुई लाख रहेको समेत राष्ट्रिय युवा अभियान मकवानपुरका संयोजक सुबोध रिमालले बताउंनु भएको छ । साथै अधिवेषनका लागी पशुपति मन्दीरको सभाहल हेटा्रैडा –४ मा बिहान ११ बजे उपस्थीतीको लागी सम्पुर्णमा आग्रह समेत गरेको छ ।

0 comments

Write Down Your Responses