Powered by Blogger.
मनाङ मस्र्याङदी हेटौँडा गोल्डकपको फाइनलमा प्रवेश

मकवानपुर,२१ पौष ÷ मनाङ मस्र्याङदी क्लब हेटौडामा जारी हेटौडा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा पोखराको साहारा क्लबलाई १ सुन्यले पराजित गर्दै डिफेन्डीङ च्याम्पियन मनाङले उपाधि भिडन्त पक्का गरेको हो । मनाङको जितमा खेलको आठौ मिनेटमा विदेशी खेलाडी ओलाओलेले गरेको गोल निणर्यक बन्यो । अब उपाधिका लागि मनाङले भोली हुने आर्मी र विजय युथ क्लब हेटौडाबीचको सेमिफाइनल खेलको  विजेतासँग प्रतिस्पर्धा गर्ने छ । 
१४ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।सुमन भोम्जन स्मृती खेलकुद प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिताको प्रथम हुने टिमले ५ लाख तथा दोस्रो हुनेले ३ लाख पुरस्कार पाउने छन्


0 comments

Write Down Your Responses