Powered by Blogger.
मनकारी इन्सान उप्रेतिद्धारा सरस्वती निमाविलाई टेलिभिजन

मकवानपुर , २२ पौष ÷ मकवानपुरको गढि ५ देविडाडाँमा रहेको  सरस्वाती निमावि लाई एक थान टेलिभिजन सहयोग प्राप्त भएको छ ।  रौटहत घरभई हाल अमेरिकामा अध्यानरत इन्सान उप्रेतिले  विद्यालयलाई ३२ इन्चको एक थान टेलिभिजन प्रदान गनर्’ भएको हो ।

 बिद्यालय शिक्षालाइ आधुनिकिकरण गर्नुपर्छ भन्ने मान्यताका साथ अडियो भिजल प्रविधिबाट अध्ययन अध्यापन गराउनको लागि आफुले सहयोग गरेको उप्रेतिले बताउनु भयो । विद्यालयको बारेमा जानकारी भए पश्चात खाजा बापत्को पैसा बचाएर सहयोग गरेको बताउदै यस्तो कार्यामा निरन्तर लागि रहने समेत बताउनु भयो । 

सोहि विद्यालयका पुर्ब विद्यार्थी तथा प्रत्रकार राज सापकोटाले आज एक कार्यक्रमका विच सो सहयोग विद्यालयका प्रधानाध्यपक बिष्णु प्रसाद सापकोटा र बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष गोविन्द्र प्रसाद शर्मा लाइ संयूक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । सापकोटाले आफ्नो सुरुवाती अध्ययन समेत सो विद्यालयबाट भएको बताउदै विद्यालयको स्तर उन्नतीको लागि आफु सँदैव लागि परिरहेन बताउनु भयो । 

 आगामी दिनमा आफुले सक्दो सहयोग गर्ने समेत बताउनु भयो । हस्तान्तरण कार्यक्रममा बोल्दै  अध्यक्ष शर्माले अडियो भिजल प्रविधिबाट अध्यायन अध्यापन गर्नको लागि टेवा पुग्ने बताउनु भयो । विद्यालयमा हाल १ सय ७० जना विद्यार्थि अध्यनरत छन् ।

0 comments

Write Down Your Responses