Powered by Blogger.
थाहा दिवशको अवशरमा भविलवल आयोजना


पालुङ,२२ पुस । थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मोत्सवको अवसरमा मकवानपुर उत्तरी क्षेत्रस्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।  

उत्तरी मकवानपुरका केही उत्साही युवाहरुको प्रयास फरक सोच अभियानको आयोजनामा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो । फरक सोच अभियानले विष्टको जन्मदिनलाई थाहा दिवशका रुपमा मनाउँदै आइरहेको छ ।

थाहानगरको सेतिगणेश निमाविमा सञ्चालन भएको प्रतियोगिताको छनौट चरणको पहिलो खेल शिखर क्लव र श्रृजनशिल यूवा क्लव बीच भएको छ । थाहा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेश केसीले प्रतियोगिताको उद्घाटन गरेको छन् ।  

उक्त प्रतियोगीताको पहिलो खेलमा  शिखर क्लवले २२–२५, २५–१८  र १५–८ को अन्तरले  जीत हासिल गरेको छ । शिखर क्लव, दम्की युवा समूह, श्रृजनशिल युवा क्लव, वागेश्वरी युवा क्लव, पुःपु म्हेन्दो क्लव र बज्रवाराही मा वि प्रतियोगीतामा सहभागी भएका छन् ।

 शिखर क्लब बिरुद्ध सृजनसिल २२–२५, २५–१९, १५–८, दम्की युवा समुह बिरुद्ध बागेश्वरी १६–२५, १९–२५, पु पु म्हेन्दो बिरुद्ध शिखर २२–२५, २५–२०, १५–१३ र बज्रबाराही माबी बिरुद्द बागेश्वरी २७–२५,  १९–१५, १५–१३ र सृजनसिल बिरुद्द पु पु म्हेन्दो २३–२५, १९–२५ खेल भएको थियो ।


पुपु म्हेन्दो समुह क को बिजेता बनी सेमिफाईनल मा प्रवेश गरेको छ भने शिखर क्लब समुह क को उपबिजेता बनी सेमिफाईनल मा प्रवेश गरेको छ । 

शनिबार छनौट चरणको अन्तिम खेल बज्रबाराही माबी बिरुद्द दम्की युवा समुह दिनको १२ बजे हुने फरक सोचका अभियन्ता यादवजंग रायमाझीले जानकारी दिनुभयो । 

सँगै थाहा भित्ते लेखन कार्यक्रम समेत राखिएको छ । 



0 comments

Write Down Your Responses