Powered by Blogger.
बज्रबाराहीको शैक्षिक धार्मिक महोत्सव समापन, २ करोड २६ लाख नगद संकलन


बज्रबाराही(टिस्टुङ), २२ पुस । उत्तरी मकवानपुरको टिस्टुङ बज्रबाराहीमा जारी शैक्षिक तथा धार्मिक महोत्सव समापन भएको छ । शुक्रबार महोत्सव समापन भएको हो ।

समापन कार्यक्रममा पर्यटन राज्य मन्त्री इन्द्रबहादुर बानिया प्रमुख अतिथीका रुपमा आएका थिए । उनले आफ्नो एक महिनाको तलब क्याम्पस निर्माणका लागि दिने, एउटा कोठा निर्माण गरिदिने र दामनलाई केन्द्र बनाएर मकवानपुरलाई पर्यटकीय जिल्लाको रुपमा बिकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महोत्सवको अन्तिम दिन शुक्रबार पनि २० लाख संकलन भएको छ ।  हाल सम्म जिन्सी र अन्य योजनाको बजेट बाहेक २ करोड २६ लाख नगद नै संकलन भएको छ । यस्तो उपलव्धी भएपछि आयोजक समितिद्धारा खुसी ब्यक्त गरिएको छ । 

शुक्रबार नै  अन्तराष्ट्रिय कथा बाचक श्री गोबिन्द शरण महाराज लगायतका टोलीको भब्य बिदाई गरिएको छ । 

0 comments

Write Down Your Responses