Powered by Blogger.
दिपेन्द्र बाबाको जन्मोत्सवमा विभिन्न कार्यक्रम

वालकृष्ण दाहाल
हेटौँडा,२२ पौष / ॐ सत्गुरु शिवशक्तेश्वर दिपेन्द्र बाबाको जन्मोत्सवमा विभिन्न कार्यक्रमको साथै सम्मान गरिएको छ । हेटौँडा ९ पशुपति नगरमा रहेको धाममा गरिएको कार्यक्रममा रुद्रीपाठ, चण्डी पाठ सहित लाख बत्ती प्रज्वलन गरिएको थियो ।

 हजारौ भक्तजनहरुको माझमा भएको कार्यक्रममा ३० जना जेष्ठ नागरिकलाई नगद ५ सय ५ सहित सम्मान गरिएको थियो भने हिन्दु धर्म प्रबद्धन गरेको भन्दै १५ जनालाई सम्मान गरिएको प्रचार संयोजक वालकृष्ण दाहालले बताए ।

कार्यक्रममा हेटौँडामा रहेको संस्कृत विद्यालयको विद्यार्थीहरुको लागि स्टेस्नरी सामग्री समेत हस्तान्तरण गरिएको थियो । जन्मोत्सवकै अवसरमा सिद्धि प्राप्त गरेको यश बद्र्धक लकेट तथा आफ्नो संस्थाको सल वितरण गरिएको थियो ।

0 comments

Write Down Your Responses