Powered by Blogger.
बाल सेवा आश्रमको सहयोगार्थ ‘कालोपोथी’को च्यारिटी शो हुने


काठमाडौं, २३ पुस । बालवालिकको सहयोगार्थ नेपाली चलचित्र कालोपोथीको च्यारिटी शो हुने भएको छ ।  

युवा सामुदायिक सेवा केन्द्रको पहलमा शो हुन लागेको हो ।  राष्ट्रिय नाचघर जमलमा माघ ४ गते उक्त शो आयोजना हुन गइरहेको छ ।

२०६८ सालमा स्थापना भएको केन्द्रले भरिया, मजदुर, यौनरोग जस्ता जोखिममा परेका मानिसहरुको मद्दत साथै समाजमा बिकृति विसङ्गती बिरुद्ध काम गर्दै आइरहेको छ । 

सोहि क्रममा २०७३ साल बैशाखबाट केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा काठमाण्डौको सडकलाई सडक बालबालिका मुक्त बनाउने अभियान स्वरुप बाल सेवा आश्रम चलाई रहेको छ । 

उक्त आश्रमले हालसम्म १२० जना सडक बालबालिकालाई सेवा दिइ सकेको र हाल १७ जना सडक बालवालिका रहदै आएको सोही कार्यक्रम परीयोजना संयोजक ताराप्रसाद गुरागाईले जानकारी दिए । 

अहिले संस्थामा बालबालीकाको आवास, स्वास्थ्य, खानपिन लगायत अन्य सुविधामा परिरहेको कठिनाइलाई मध्यनजर गर्दै शो आयोजना गर्न लागिएको बताइन्छ ।

कार्यक्रममा बिशिष्ठ ब्याक्तित्वहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको र २ सय, ५ सय र एक हजार रुपैंया सम्मका टिकटको व्यवस्था गरिएको कार्यक्रम संयोजक सन्ध्या बिडारीले बताइन् ।

सम्वन्धीत ब्याक्तिहरुलाई सम्र्पमा आई टिकट लिएर सहयोग गरिदिन कार्यक्रम संयोजक बिडारीले  मोवाइल नम्बर ९८६०२४०१२० र ९८५१०८५४१७ उपलव्ध गराएकी छिन् । 



0 comments

Write Down Your Responses